साफ च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग हार्‍यो (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ पुष २०७२, बिहीबार ०५:३७

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग १-०ले पराजित भएको छ।

भारतको केरलामा बुधबार भएको पहिलो खेलमा नेपालले निर्धारित ९० मिनेटको खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको नेपालले इन्जुरी समयको अन्तिम मिनेटमा रिफनास मोहमदले गोल गर्दै टिमलाई विजयी बनाए।

खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा लिएको थियो। नेपाल र श्रीलंका अहिलेसम्म १६ पटक भिडिसकेका छन्। जसमा नेपाल पाँच खेलमा विजयी भएको छ भने ९ खेल बराबरी र ३ खेलमा नेपाल पराजित भएको छ।

फिफा बरियतामा श्रीलंकाभन्दा दुई स्थानमात्रै माथि रहेको नेपालले अब दोस्रो खेलमा भारतको सामना गर्नेछ।

आजको खेलसँगै श्रीलंकाको दोस्रो चरण पुग्ने सम्भावना बलियो बनायो। पाकिस्तानले प्रतियोगितामा भाग नलिने घोषणा गरेपछि यसपटक दक्षिण एशियाका ८ राष्ट्रमध्ये नेपालसहित ७ राष्ट्रले मात्रै साफ च्याम्पियनसिपमा भाग लिएका छन्।
https://youtu.be/XaMQZ9VGTTI

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१