हराएको डिएसपीको पेस्तोल ३१ घन्टापछि भेटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ पुष २०७२, बिहीबार ०५:३२

10568काठमाडौँ । काठमाडौंमा चाल्नाखेलमा रहेको एभरेष्ट ग्यासमा झडप हुँदा हराएको डिएसपीको पेस्तोल ३१ घन्टापछि भेटिएको छ। चाल्नाखेलका विकेश कार्की घरबाट पेस्ताेल फेला पारिएकाे एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे एसपी विश्वराज पाेखरेलले जानकारी दिए । सो क्षेत्रमा परिचालन गरिएका प्रहरीले दिएको सूचनाका आधारमा कार्कीको घरमा खानतलासी गर्दा पेस्तोल भेटिएको एसपी पोखरेलले बताए ।
पेस्ताल हराएपछि हिजो र आजगरी २ दर्जनभन्दा बढी स्थानीय फत्राउ परेका थिए । प्रहरीले सिसिटिभी फुटेज समेत हरेको थियो । स्थानीय सविन लामाले ग्यास उद्योगमा सुरुमा तोडफोड गरेका थिए । उनी नै मुख्य योजनाकार भएको प्रहरीले बताएको छ । उनलाई आज प्रहरीले स्थानीय एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेकाे थियाे ।
किर्तिपुर वृतका डिएसपी टीकाबहादुर केसीले बोकेको हतियार स्थानीयले खोसेका थिए। केसीले बोकेको चाइनिज मिनि पेस्तोलमा ७ राउण्ड गोली लोड भएको अवस्थामा थियो। ग्यास नपाएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय तोडफोडमा उत्रिएपछि प्रहरीले प्रतिकार गर्दा डिएसपीको पेस्तोल हराएको थियाे । प्रहरीले उक्त क्षेत्रमा ब्यापक निगरानी गरेको थियो।
डिएसपी केसीकै लापरबाहीका कारण पेस्तोल हराएको प्रहरी निष्र्कष छ । डिएसपी केसी २०५८ सालमा राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा आएका अधिकारी हुन् ।

प्रतिक्रिया