हामीले कहिले पाउने न्यानो कपडा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ पुष २०७२, बुधबार ०९:२३

Earth-quake-victim-Nepal-300x192सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका भूकम्पपीडित ठन्डीले जस्ताको अस्थायी टहरोभित्र गुडुल्किरहँदा उनीहरुका लागि न्यानो लत्ताकपडा किन्न सरकारले पठाएको १० हजार रुपैयाँ अनुदान वितरण तीव्र हुन सकेको छैन ।

बल्लबल्ल वितरण थालिए पनि गाविसमा पूरा रकम नजाँदा गाउँगाउँमा भाँडभैलो मच्चिएको छ ।

भूकम्पबाट सर्वाधिक जनधन क्षति बेहोरेका सिन्धुपाल्चोकका पीडितका लागि न्यानो लुगा किन्न सरकारले मंसिर २५ गते ७० करोड रुपैयाँ अनुदान निकासा पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले तत्कालै सम्बन्धित गाविसको बैंक खातामा रकम पठाए पनि सचिवले वितरणमा तदारुकता देखाएनन् । अपूरो निकासा र अख्तियारको प्रेस विज्ञप्तिले उनीहरु हच्किए ।

सर्वपक्षीय सहमति जुटाएर जिल्ला दैवीप्रकोप उद्धार समितिले साताभित्र बाँडिसक्न निर्देशन दिएपछि सचिवहरुले बिहीबारबाट मात्र वितरण थाले । स्थानीय प्रशासनले दुई नगरपालिका र ५८ गाविसमा एकसाथ निकासा पठाए पनि १२ गाविसमा मात्र वितरण भइरहेको छ ।

कदमवास र भोटसिपा गाविसले खातामा जम्मा भएको अनुदान मंगलबार वितरण सके पनि अपूरो रकमका कारण सबैले पाउन सकेनन् । नागरिक दैनिकमा खबर छ ।

‘बाँड्दै जाँदा २५ जनालाई रकम पुगेन । कसले पहिला रकम पाउने भन्ने हानथाप मच्चियो,’ कदमवास सचिव चूडामणि पराजुलीले भने । दुइटा गाविस हेर्दै आएका उनले अपुरो निकासाकै कारण इर्खुमा वितरण थाल्न सकेका छैनन् ।

प्रतिक्रिया