लाङटाङको पछिल्लो वस्तुस्थिति समेटेर ‘वेकिङ एण्ड वाकिङ’ नामक बृतचित्रको भब्य प्रदर्शन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ पुष २०७२, मंगलवार १९:१७

Langtang_2काठमाडौँ । मंगलबार राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल)ले लाङटाङको पछिल्लो वस्तुस्थिति समेटेर ‘वेकिङ एण्ड वाकिङ’ नामक बृतचित्र प्रदर्शन गरेको छ  । पत्रकार अशोक सिलवाल निर्देशत उक्त बृतचित्रले भूकम्पको विभीषिका व्यहोरेको लाङटाङ बौरिँदै गरेको दृष्यसहित सकारात्मक सन्देश प्रवाह गरेको छ ।  ‘ग्राउन्ड जिरो’ मै पुगेर, पैदल यात्रा गरी खिचिएका दुष्यहरु र त्यस क्षेत्रका स्थानिय र घुम्न आएका विदेशी पर्यटकहरुको स्थलगत अनुभवहरु समेटेर बृतचित्र तयार गरिएको छ । बृतचित्रले क्षतिग्रस्त लाङटाङको पछिल्लो बस्तुस्थिति प्रस्ट देखाएको छ । बैशाख १२ को विनासकारी भूकम्पका कारण नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ क्षेत्रले अत्यधिक क्षति व्यहोर्‍यो । लाङटाङ गाविसमा मात्रै एक सय ७५ जना स्थानियहरुले अकालमै ज्यान गुमाए । लाङटाङ पुनस्थापना समितिका अनुसार हिमपहिरोमा चेपिएर ८० जनाभन्दा बढी विदेशी पर्यटक तथा सय पर्यटन मजदुर, गाईड तथा पोर्टरहरुले ज्यान गुमाएका थिए । मानविय क्षतिको आँकडा तीन सय ५५ हुँदा करोडौँ भौतिक क्षति करोडौँ पुग्यो ।  तर, यति ठूलो परिमाणको क्षति व्यहोरेको यो गन्तव्य विनासको धुलो टक्टक्याउँदै अघि बढ्ने प्रयत्न गर्दै छ ।Langtang_2

क्षतिग्रस्त क्षेत्रहरु पुनर्निर्मित हुँदैगरेका, मानिसहरु विस्तारै सहजताको स्थितिमा फर्किन खोजेका, पर्यटकहरुले पनि स्थितिलाई सकारात्मक रुपमा ग्रहण गरेका र घुम्न आउन प्ररित गर्ने विश्वास र आश्वासन दिएका कुराहरु बृतचित्रमा समेटिएको छ । स्थानियहरु पर्यटक भित्र्याउन आतुर देखिएका दृष्यहरु बृतचित्रले प्रश्ट देखाएको छ ।  समग्रमा बृतचित्रले भग्न लाङटाङको पछिल्लो वस्तुस्थितिलाई सक्दो समेटेको छ ।   लाङटाङमा अब पर्यटकहरु जान साविकझैँ नभए पनि अप्ठ्यारो स्थिति छैन । ‘लाङटाङ भर्खर ब्यूँझेको छ, अब हिँडन खोज्दैछ ।’ बृतचित्र निर्देशन गर्नुभएका सिलवाल भन्नुहुन्छ, ‘लाङटाङ उज्यालोतर्फ लम्केको छ ।’ सिलवालका अनुसार शाहसिक पर्यटनमा निश्चित हुन नसके पनि लाङटाङमा घुम्न जान डराउनुपर्ने अवस्था छैन् ।  लाङटाङ पुनर्निर्माण समितिका अध्यक्ष तेम्बा लामाले हिमपहिरोका कारण विस्थापित भएर राजधानीमा शरण लिईरहेका अधिकांश स्थानिय बासिन्दा घर फर्किसकेको बताउँदै लाङटाङ विस्तारै साविककै अवस्थातिर लम्किन खोजेको बताउनुभयो । ‘अधिकांश स्थानियहरु घर फर्किसकेका छन् ।’ लामाले भन्नुभयो, ‘हामी पर्यटकहरुलाई सेवा दिन आतुर छौँ ।’   यद्यपी, मुलुकको प्रमुख एक पर्यटकीय गन्तव्य हुनुका हिसावलेमात्र नभएर मानविय गतिविधिलाई सहजतामा ल्याउन जुन गतिमा लाङटाङमा पुनर्निर्माणका कामहरु अगाडि बढ्नुपथ्र्यो, सो मात्रामा कामहरु अघि बढ्न पटक्कै नसकेको सरोकारवालाहरुको भनाई छ । लाङटाङ पुनरुत्थानका लागि सरकार तथा सरोकारवाला निकायहरुले चासो नदेखाएको लामाको गुनासो छ । सिलवालले पनि लामो समय वितिसक्दा पुनर्निर्माणका काम अघि बढ्न नसकेकोमा चिन्ता जाहेर गर्नुभयो । यता नीट –नेपालका अध्यक्ष दीपक महतले लाङटाङ पुनरुत्थानका लागि छुट्टै गुरुयोजना आवश्यक रहेको बताउनुभयो । सरकारले आगामी २०१६ लाई भिजिट लाङटाङ वा मिसन लाङटाङ अभियान वर्ष घोषणा गर्नुपर्ने महतको भनाई थियो ।  लाङटाङप्रतिको आफू र संस्थाको दायित्व समाप्त भईनसकेको उहाँको भनाई थियो । ‘लाङटाङलाई सक्दो चाँडो पुनरुत्थान गरी पर्यटन प्रवद्र्वन गर्नुपर्छ ।’ महतले भन्नुभयो ।  यसैगरी मंगलबार आयोजित कार्यक्रमकाबीच प्रदर्शित बृतचित्रका निर्देशक सिलवाललाई लाई लाङटाङ पर्यटन सद्भावनादूत घोषणा गरिएको छ । लाङटाङ पुनर्निर्माण समितिले सिलवाललाई सद्भावना दूत घोषणा गरेको हो । la

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१