यी हुन हलिउडका उत्कृष्ट १० नायिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ पुष २०७२, मंगलवार ०७:१२

haliwood naikaएजेन्सी । नयाँ बर्ष नजिकिँदै जाँदा हलिउड चलचित्र उद्योगमा पनि यो वर्ष कुन नायिका कति चर्चित भए भनेर समिक्षा हुन थालेको छ ।
यस वर्ष चर्चामा रहेका नायिक मध्ये एन्जेलिन जोली रहेकी छिन् । चलचित्र उद्योगमा लागेपछि उनले ओस्कार लगायतका निकै चर्चित पुरस्कारहरू प्राप्त गरिसकेकी छिन्।

सन् १९७५ मा लस एन्जेलसमा जन्मेकी यी नायिका आफ्नो चलचित्र मिस्टर एन्ड मिसेस स्मिथ वान्डटड सल्टु, मेलफिसेन् लगायतका चलचित्रबाट चर्चामा आएकी हुन् । चलचित्र उद्योगमा लाग्नुका साथै सामाजिक काममा रहेको उनको सक्रियताले गर्दा नायिका जोलीलाई चर्चाको शिखरमा पुर्यानएको छ।

दक्षिण अफ्रिकी नायिका चार्लिज थेरोन निर्माता एवं मोडेल पनि हुन्। एकेडेमी अवार्ड जित्ने उनी पहिलो अफ्रिकी नायिका हुन्। चलचित्रमा हुने उनको बेजोड प्रस्तुतिका कारण उनी दोस्रो स्थानमा पुगेकी छन्। उनका चर्चित चलचित्रहरूमा ‘द डेभिल्स एड्भोकेटु, ‘द साइडर हाउस रुल्सु, माइटी जो योङ आदि रहेका छन्।

सन् १९६७ मा अमेरिकामा जन्मेकी नायिका जुलिया रोबर्ट्स रोमान्टिक कमेडी चलचित्र प्रिटी वमनुको सफलताका साथमा चर्चामा आएकी हुन्।

त्यसपछि उनले थुप्रै ब्लकबस्टर चलचित्रमा अभिनय गरेर एकेडेमी अवार्ड लगायतका पुस्कार हात पारिसकेकी छन् । उनको सशक्त अभिनय क्षमताका कारण उनी सबैभन्दा चर्चित हलिउड नायिकाको तेस्रो स्थानमा परेकी छन्।

चर्चित नायिकाहरूको सूचीमा क्यामेरन डायज चौथो स्थानमा परेकी छन्। गोल्डेन ग्लोब अवार्डका साथमा उनले अन्य थुप्रै पुरस्कारहरू प्राप्त गरिसकेकी छन्। द मास्क माइ बेस्ट फ्रेन्ड्स वेडिङ ,दियर इज समथिङ अबाउट मेरी चार्लिज एन्जेलु द अदर वमन लगायतका चलचित्रमा उनले अभिनय गरिसकेकी छन्।

उमेरले ४१ लगिसक्दा हलिउडमा आज पनि उनको चर्चा कम भएको छैन। त्यसैगरी पाँचौं नम्बरमा परेकी छन् नायिका स्कारलेट जोहनसन। उनी नायिकाका साथै मोडेल र गायिका भएका कारण पनि चर्चामा आएकी हुन्।

प्लेबाई पत्रिकाकी सबैभन्दा सेक्सियस्ट सेलिब्रेटीका रूपमा पनि उनलाई चिनिन्छ। सन् १९८४ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी नायिकाले गोल्डेन ग्लोब अवार्ड र ब्याफ्टा अवार्डमा समेत उत्कृष्ट नायिकाको पुरस्कार पाइसकेकी छन्।

सन् २०१५ का अन्य चर्चित नायिकाहरूमा युक्रेनकी मिला कुनिस, जेनिफर एनिस्टन, इम्मा स्टोन, जेसिका अल्बा र म्यारियन कोटीलार्ड क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दसौं स्थानमा परेका छन्।

प्रतिक्रिया