को को हुन् विश्वका १० ‘बेस्ट सेलिङ’ लेखकहरु ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ पुष २०७२, मंगलवार ०७:०५

संसारमा लेखिएका साहित्यका पुस्तकहरु धेरै विक्रि हुनेमा पर्दैनन् । तर केही यस्ता कितावहरु छन् जुन संसारमा धेरै बिकेका छन् । विश्वभरिका पाठ्यक्रममा समावेश गरिनु र पुस्तकको लोकप्रियताले गर्दा केही क्लास्किक साहित्यहरु हामीले कल्पना गर्नसक्ने भन्दा पनि बढी संख्यामा बिक्री हुने गरेका छन् ।

विकिपिडिया र इन्टरनेटमा उपलब्ध विभिन्न सामाग्रीहरुलाई आधार मानेर अध्ययन गर्दा निम्न लेखकका पुस्तकहरु संसारमै आजसम्म सबैभन्दा बढी बिक्री भएको पाइएको छ :

१ विलियम सेक्सपियर (२ अर्ब देखि ४ अर्ब प्रति)

1-750
इंग्ल्यान्डका विश्वप्रसिद्ध कवि तथा नाटककार विलियम सेक्सपियर संसारमै सबैभन्दा बढी पढिएका लेखक हुन् । उनको कति पुस्तकहरु प्रकाशित छन् भनेर अहिलेसम्म यकिन हुन नसकेको भएपनि स्रोतहरुका अनुसार उनको २ अर्ब भन्दा बढी प्रति किताब आजसम्म बिक्री भइसकेका छन् । उनको पुस्तक बिक्री संख्या ४ अर्बसम्म भएको अनुमान गरिएको छ ।

२ . अगाथा कृष्टि (२ अर्बदेखि ४ अर्बसम्म)

2-750
ब्रिटिश लेखिका अगाथा कृष्टिको आजसम्म २ अर्बदेखि ४ अर्ब प्रतिसम्म पुस्तक बिक्री भएको तथ्यांकहरुले बताउँछन् । उनका कुल ८५ वटा पुस्तकहरु प्रकाशित छन् । ‘हर्कुल पोरीयट’ नामक पुस्तक सिरिज उनको एकदमै लोकप्रियमध्ये गनिन्छ ।

३ . बार्बरा कार्टल्याण्ड (५० करोडदेखि १ अर्ब प्रतिसम्म)

3-750
रोमान्स विधामा कलम चलाउने ब्रिटिशकी अंग्रेजीभाषी यी लेखिकाको आजसम्म ५० करोडदेखि १ अर्ब प्रतिसम्म पुस्तक बिक्री भएको छ । उनको ७२३ वटा किताब प्रकाशित छन् ।

४ . ड्यानिइलि स्टिल (५० करोडदेखि ८० कोरोड़ प्रतिसम्म)

4-750
अमेरिकी लेकिका ड्यानिइलि स्टिलको आजसम्म ५० करोडदेखि ८० कोरोड़ प्रतिसम्म किताब बिक्री भएको अनुमान गरिएको छ । रोमान्स विधामा कलम चलाउने यी लेखिकाको १२० पुस्तकहरु प्रकाशित छन् ।

 

५. हारोल्ड रोबिन्स (७५ करोड प्रतिसम्म)

5-750
एडभेन्चर विधामा लेख्ने यी अमेरिकी लेखकको आजसम्म कुल ७५ करोड पुस्तक बिक्री भएको अनुमान गरिएको छ । उनका २३ पुस्तकहरु प्रकाशित छन् ।

 

६ . जर्ज्स सिमिनन् (५० करोडदेखि ७० करोड प्रतिसम्म)

6-750
फ्रेन्चभाषी बेल्जियन लेखक जर्ज्स सिमिननको आजसम्म ५० करोडदेखि ७० करोड प्रतिसम्म किताब बिक्री भएको छ । जासुसी विधामा कलम चलाउने यी लेखकको कुल ५७० किताबहरु प्रकाशित छन् ।

 

७ . सिड्नी सेल्डन् (३७ करोडदेखि ६० करोड प्रतिसम्म)

7-750
सस्पेन्स उपन्यासहरु लेख्ने अमेरिकी लेखन सिड्नी सेल्डनको अहिलेसम्म ३७ करोडदेखि ६० करोड प्रतिसम्म पुस्तक बिक्री भएको अनुमान गरिएको छ । उनका कुल २१ पुस्तकहरु प्रकाशित छन् ।

 

८ .जे के रोलिङ (३५ करोडदेखि ४५ करोड प्रतिसम्म)

8-750
ह्यारी पोटर सिरिज लेखेर विश्वप्रसिद्ध बनेकी ब्रिटिश लेखिका जे के रोलिङको अहिलेसम्म ३५ करोडदेखि ४५ करोड प्रतिसम्म पुस्तक बिक्री भएको रेकर्ड छ । उनको ११ वटा पुस्तक प्रकाशित छन् ।

 

९ . इनिड ब्लाइटोन ( ३० करोडदेखि ६० करोडप्रतिसम्म)

9-750
विशेष गरी बालसाहित्यमा कलम चलाउने यी ब्रिटिश लेखिकाको आजसम्म ३० करोडदेखि ६० करोडप्रतिसम्म पुस्तक बिक्री भएको तथ्यांक छ । उनका कुल ८०० पुस्तक प्रकाशित छन् ।

 

१०. डाक्टर सिअस (१० करोडदेखि ५० करोड प्रतिसम्म)

10-750
अमेरिकन लेखक डाक्टर सिअसको अहिलेसम्म १० करोडदेखि ५० करोड प्रतिसम्म पुस्तक बिक्री भएका छन् । बालसाहित्यमा कलम चलाउने यी लेखकको ४४ वटा किताबहरु प्रकाशित छन् । khabar dabali बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख १७, २०८१