एकनाथ ढकाल द्वारा गोरखामा ८ कोठे भबनको सिलान्यास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ पुष २०७२, सोमबार १९:४७
be767706-5c19-4cdc-a1e0-cf17997281e6विश्व शान्ति महिला संघ कोरियाले पौने करोडको लगानीमा निर्माण गरिदिने 
गोरखा। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले गोरखा जिल्लाको बोर्लाङ्ग गा. बि. स. को  महादेवटार स्थित श्री जागेश्वर उच्च मा. बि. को ८ कोठे भवनको सिलान्यास गर्नु भयको छ । बैसाक १२ गतेको भूकम्पले  बिद्धालय पूर्ण रुपमा क्षति भई बिद्धार्थीहरु अस्थाई टहरामा अध्यन गर्न बाध्य भयपछि बिद्धालयको बिशेष आग्रहमा ढकालले एक सामाजिक सस्था द्वारा करिब १ करोड रुपैयाको सहयोग जुटाई दियका हुन । हिन्दु परम्परा अनुसार पुजापाठका साथ भबन सिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बिद्धालयको पूर्व बिद्धार्थीको नाताले पनि सहयोग गर्नु आफ्नो दायित्व भयको बताउदै भबन निर्माण कार्य पुनर्निर्माणकै एक अंश भयकोले सबैको एक्यबद्धता र प्रतिबद्धता आबस्यक रहेको बताउनु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले नया संविधानको जगमा  मुलुकमा विकास निर्माणको अभियान लाइ तिब्रता दिनु पर्ने बताउदै सिर्जनशील कार्यमा लाग्न उपस्थित  सम्पूर्णमा आग्रह गर्नु भयो । सांसद समेत रहेका ढकालले गुण र दोषको आधारमा सरकारको समर्थन र बिरोध गर्न सकिय पनि मातृभूमिको भने कहिल्यै बिरोध गर्न हुदैन भन्दै बिद्धर्थिहरुमा सकारात्मक चिन्तन र देशभक्तिको भावना विकास गर्न आग्रह गर्नु भयो । अध्यक्ष ढकालले एक हातले ताली बज्दैन भन्दै जनता र नेतृत्व बिचको आपसी सहकार्यले मात्रै विकासले गति लिने बताउनु भयो । अध्यक्ष ढकालले नया संबिधान निर्माण गर्ने सम्पूर्ण दलहरु हाल नया शक्ति हुन् भन्दै  भविष्यमा नया र पुरानो संविधानको पालना र राष्ट्रप्रतिको दायित्व बहनले छुट्टिने बताउनु भयो । गोरखा निवासी ढकालले जन्म दिने आमा र जन्मभुमि स्वर्ग भन्दापनि प्यारो हुने भन्दै जन्मभूमिको विकास गर्नु नैतिक दायित्व पनि हो भन्नु भयो । सयुक्त राष्ट्र संघमा आबद्ध विश्व शान्ति महिला संघ कोरियाको आर्थिक  सहयोगमा निर्माण हुने आठ कोठे भबन सोहि सस्थाको नेपाल शाखाले संयोजन गरेको छ ।  विश्व शान्ति महिला संघ नेपालकी अध्यक्ष ब्लेसि गाडनले भुकम्प पश्चात नेपाली बालबालिकाको अध्ययन कार्य निकै प्रभावित भयको प्रति सहानुभूति प्रकट गर्दै प्रेम स्वरुप दक्षिण कोरियाका प्रसिद्ध व्यक्तित्व डा. हाक जा हान मुनले आफ्नो सस्था मार्फत भबन निर्माणमा सहयोग गर्नु भयको बताउदै यो कार्य नेपालको पुनर्निर्माणमा मदर मुनको अभियानको एक्यबद्धता पनि हो भन्नु भयो। उहाले एक बर्ष भित्रमानै भबन निर्माण गरेर र बिद्धर्थिहरुले राम्रो बाताबरणमा अध्ययन गरेको हेर्न आफु इच्छुक रहेको बताउनु भयो ।  कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी उद्दब तिमिल्सिना, सुरक्षा निकायका प्रमुखहरु, जागेश्वर उच्च मा. बि. का प्राचार्य मुक्तिनाथ ढकाल लगायतले भबन निर्माणमा सहयोग जुटाई दिनु भयकोमा सांसद ढकाललाई धन्यवाद ज्ञापन गर्दै निर्धारित समयमानै निर्माण कार्य सम्पन्न गर्नुपर्ने  विचार  ब्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल परिवार दलका केन्द्रिय सदस्य प्रकाश बाबु थापा, कृष्ण गोपाल बन्जारा तथा विश्व शान्ति महिला संघ नेपालका पदाधिकारीहरु निला श्रेष्ठ, उषा बस्नेत, जामफेन गुरुङ लगायतको उपस्थिति रहेको थियो । 0a1706f7-b455-46c6-aba1-aa177e605735 (1)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१