काठमाडौं। गोकर्णेश्वर न.पा ले आफनो पुर्व तर्जुमा गोष्ठि आफ्नो कार्यालय प्राङगणमा सम्पन्न गरेको छ । गोकर्णेश्वर न . पा अन्र्तगतका १६ वडाका संघ संस्था वडा नागरिक मञ्चका र विभन्न राजनैतिक दलका प्रतिनिधिको उपस्थितिमा भयको सो कार्यक्रमको सभापतित्व कार्यकारि अधिकृत ईन्द्र कुमारी थपलियाले गर्नु भयको थियो भने कार्यक्रम संचालन भुपेन्द्र बोहराले गर्नुभयको थियो । कार्यक्रममा नगरपालिका का कार्यकारि अधिक्रत थपलियाले बजेटको सिलिङ र सो के के मा खर्च गरिने हो सो को बारेमा प्रष्ठ पार्नु भयको थियो । कार्यक्रममा नेपालि काङग्रेसको तर्फबाट लालु तामाङ ,नेकपा–एमाले को तर्फबाट कृष्ण राई, एमाओवादिको तर्फबाट विष्णु माझी लगायतले मन्तब्य दिँदै आवश्यकताको आधारमामात्र योजना पेश गर्न नगरबासिलाई अनुरोध गरेका थिए । कार्यक्रममा सहभागि अधिकांशले लक्षित वर्गको कार्यक्रम सहि ठाउँमा खर्च गर्न र परिणममुखि काम गर्न नगरपालिकालाई सुझाब दिएका थिए । निर्धारित समयभन्दा १ घन्टा ढिलो १२ बजे सुरू भएर कार्यक्रम ३ बजे सम्पन्न भयको थियो । कार्यक्रम नगरपालिकाको केन्द्रिय कार्यालय बेसिगाउँमा कार्यालय प्रङगणमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया