काठमाडौँ । राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट –नेपाल)ले भूकम्पबाट क्षतिग्रस्त लाङटाङ क्षेत्रको पछिल्लो अवस्थालाई समेटेको बृतचित्र प्रदर्शन गर्ने भएको छ । लाङटाङको ताजा वस्तुस्थितिमा आधारित रहेर तयार गरिएको पत्रकार अशोक सिलवाल निर्देशित ‘वेकिङ एण्ड वाकिङ’ नामक बृतचित्र मंगलबार नेपाल पर्यटन बोर्डमा प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष दिपक महतले बताउनुभयो ।
विनासकारी भूकम्पबाट अत्यधिक क्षति व्यहोरी मानवबिहिन बन्न पुगेको नेपालको प्रमुख एक पर्यटकीय गन्तव्य लाङटाङ क्षेत्रको पछिल्लो स्थितिका बारेमा सरोकारवाला निकायहरुलाई जानकारी गराउने उद्देश्यले उक्त बृतचित्र प्रदर्शन गर्न लागिएको महतले जनाउनुभयो ।
नीटले यसअघि पहिलोपटक पैदल स्थलगत भ्रमण गरी लाङटाङ क्षेत्रको वस्तुस्थिति र राजधानीमा आश्रय लिएर बसेका सो क्षेत्रका बासिन्दाहरुलाई समेटेर ‘घर फर्किरहेका मान्छे, भूकम्पपछि लाङटाङ पदयात्रा’ नामक बृतचित्र प्रदर्शन गरेको थियो । सोहि अबसरमा नेपाल पर्यटन बोर्डका नवनियुक प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको स्वागत कार्यक्रम पनि निटले गर्ने भएको छ ।
प्रतिक्रिया