जसले ५२ सेकेण्डसम्म अनुभव गरे मृत्युपछिको दुनियाँ ! (मरेर बाँचेका युवकको अनुभव)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार २१:०८

जन्म र मृत्यु मानिससहित हरेक जीवात्माका लागि अनिवार्य प्रक्रिया हो । जन्मिएपछि एकपटक अवश्य मृत्यु हुन्छ । आजसम्म संसारमा त्यस्तो कोही जन्मिएको छैन, जो सदियौं बाँचिरहोस् । मृत्यु अनिवार्य र निश्चित हुँदाहुँदै पनि मानिसहरु यससँग खुबै डराउँछन् ।

मृत्युपछि के हुन्छ, भन्ने कुराको जिज्ञासा र कौतुहलता आममानिसमा पाईन्छ । धर्मग्रन्थहरुले आ-आफ्नै कहानी र किस्सा सुनाउँछन् । मानिस मृत्युपछि स्वर्ग वा नर्कमा जान्छ, यमराजका दूतहरु आएर उसलाई लिएर जान्छन्, यस्तै अनेकन कहानीहरु हामी हिन्दू धर्मग्रन्थहरुमा पढ्न पाउँछौं । यसैगरी अन्य धर्महरुले पनि यसविषयमा आ-आफ्नै कहानी र किस्सा सुनाउँछन् ।

Heaven

तर, मृत्युपछि के हुन्छ, त्यसको अनुभव गरेर आएँ भन्ने मानिस खासै भेटिँदैनन् । कसैले भनिहाले पनि मानिसले उसको मानसिक सन्तुलनमा प्रश्न उठाउँछन् र उसको कुरा हावामा उडाईदिन्छन् । यदि उसले सत्य नै भनिरहेको भएपनि विश्वास गर्ने कोही हुँदैन ।

यस्तैमा एक भारतीय युवकले आफूले मृत्यूपछिको ५२ सेकेण्ड अनुभव गरेको दावी गरेका छन् । १८ वर्षीय प्रियंस मुखर्जी (परिवर्तित नाम) ट्रकले किचेर गम्भीर घाईते भए । उनलाई तत्कालै अस्पताल लगियो । अवस्था अत्यन्तै चिन्ताजनक थियो । उपचारका क्रममा एक्कासी उनले संसारबाट बिदा लिए । स्वासप्रश्वास रोकियो, नसाहरु चल्न छोडे, रक्तसञ्चार अवरुद्ध भयो, अनि चिकित्सकहरु पनि ती युवकको मृत्यु भएको निष्कर्षमा पुगे ।

मृत्युको एक लगभग मिनेटपछि फेरि शरीरमा अचम्मको परिवर्तन देखियो । चिकित्सकहरुले उनलाई तत्काल कोमामा लगे । अन्तत: ८ घण्टा लामो शल्यक्रियापछि उनको ज्यान जोगियो । जब पूर्णरुपमा होसमा आए, तब उनले आफूले मृत्यूपछिको संसार अनुभव गरेको दावी गरे । उनको दावीमा यसकारण पनि विश्वास गर्ने केही आधार भेटियो, किनकी स्वयम् चिकित्सकहरु पनि एकपटक उनको मृत्यु भएको विषयमा जानकार थिए ।

Priyamsa

ट्रकले किचेदेखि पुनर्जन्म पाउँदासम्मको अनुभव:

त्यसदिनको घटनाबारे स्मरण गर्दै प्रियंश भन्छन्, ‘ट्रकले किचेपछि मेरो शरीरको एउटा अंग पनि त्यस्तो थिएन, जुन सकुसल रहेको होस् । चिकित्सकहरुका अनुसार म बाँच्न असम्भवप्राय थियो । लगातार ८ घण्टासम्म मेरो शल्यक्रिया चल्यो । यसक्रममा मलाई लगभग मरेको ठानिएको थियो । मेरो बाँच्ने चान्स ५ प्रतिशतमात्रै थियो ।’

के भयो त्यो ५२ सेकेण्डमा ?

‘मलाई राम्रोसँग याद छ, जब ट्रकको पाङ्ग्रा मेरो शरीरमाथि चढ्यो, तब मैले संसार नै ब्ल्याक एण्ड ह्वाईट देखेँ । एक्कासी आँखाको सबै रंग उडेकोजस्तो अनुभव भयो ।’ यसबीचमा अस्पताल लैजाँदासम्म उनले होस् गुमाए । उनी अघि भन्छन्, ‘त्यसपछि मैले एक्कासी आफूलाई हावामा माथितिर उड्दै गरेको पाएँ । म आफ्नै शरीरलाई अपरेसन थिएटरमा देख्दै थिएँ । त्यहाँ के भईरहेको छ, मैले सबै देखिरहेको थिएँ । त्यसैक्रममा एक नर्स आएर मेरी हजुरआमासहित परिवारजनलाई मलाई कोमामा पठाईएको जानकारी दिइन् । कोमामा त शरीरमात्रै पठाईएको थियो । म त्यहीँ थिएँ । त्यहाँ जे भईरहेको थियो, सबै कुरा मैले देखि तथा सुनिरहेको थिएँ । त्यसक्रममा मेरी हजुरआमाले मेरो पिठ्यूमा थप्थपाएर धाप मार्दै गरेको महसुस भयो । त्यसपछि एक्कासी मैले आफूलाई आफ्नो शरीरतिर खिचिँदै गरेको अनुभव गरे । त्यसको केही सेकेण्डमै म आफ्नो शरीरमा फर्किएँ । आफ्नो शरीरमा फर्किएपछि मैले आसपासका सबैचिजको स्पर्श महसुस गर्न थालेँ । हावा, गन्ध सबै । तर आफ्नो शरीरमा फर्किएपछि मैले आफूलाई निकै थकित र कमजोर पाएँ । जुन महसुस त्यो ५२ सेकेण्डको अवधिमा भएको थिएन ।’
मानिसलाई अचम्ममा पार्ने खालको उनको यो अनुभव सुनेपछि त यस्तै लाग्छ, मृत्युपछि पनि त्यस्तो एउटा संसार छ, जसको अनुभव गरेका सायदै मानिस जीवित होलान् ।

Source: jagranjunction

प्रतिक्रिया