अमेरिकामा बसोबास गर्ने अधिकांश नेपालीलाई पनि नशा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७१, आईतवार ११:१३

एजेन्सी ,   विश्व कप फुट संगै अमेरिकामा बसोबास गरि रहेका अधिकांश नेपालीलाई पनि नशा लागि सकेको छ  अमेरिकाको भिन्न राज्यहरुमा फरक समय अनुसार शुक्रवार राती भएको ब्राजिल र क्रोसिया बिचको उद्घाटन खेल हेर्न नेपालमा जस्तै गरि त्यहाँका नेपाली पनि पलेटी मारी  विश्व कप हेरी रहेको बताइएको छ ।

world-cup-2014-600x337_20140613
नेपाल तेह्रथुम घर भै अमेरिका छिरेका साहित्यकार बसन्त श्रेष्ठले भने अघिल्लो विश्व कप फुटबल प्रतियोगितामा अमेरिकामा भएको जनाउदै काठमाडौँमा उहिले हेरेको सम्झना गराए  आफुलाई भकुण्डो खेल मन पर्ने र खेल्ने गरेको बताउदै कुन समुहले बाजी मार्छ भनि ठोकुवा गर्न नमिल्ने भए पनि ब्राजिलले लान्छ कि भन्ने भविश्यबाणी गरे ।
यसै गरि पप सम्राट गायक ओम बिक्रम बिष्टले आफ्नो घर नयाँ सडक वरीपरि अखडा भएकोले आफु नयाँ सडक समुह एनआरटि को ग वर्गबाट खेलेको बताए भने ब्राजिलमा भएकोले अहिलेको विश्व कप ब्राजिलले नै जित्न सक्ने सम्भावना रहेको बताउदै आफु पनि राम्रो खेलाडी भएको पनि बताए
यसै गरि कोलोराडोमा लामो समय देखि बसोबास गरि रहेका र नेपाली चलचित्रका नायक नवराज श्रेष्ठले आफु अग्र पंक्तिको खेलाडी भएको र विभिन्न प्रतियोगितामा भाग लिएको बताउदै अर्जेन्टिनाले विश्व कप लान्छ भने,
एक महिना सम्म चल्ने खेलमा सबै हेर्न नसके पनि समय मिलाएर हेर्ने अधिकांशले बताउदै नेपाल जस्तो राती उठेर हेर्नु नपर्ने र बत्तिको समस्या नहुने हुनाले सबैले आफ्नो पक्ष खेल समुहको गन्जी किनेर लगाउने बताए जे भए पनि ४ बर्षमा आउने भकुण्डो खेल हेर्न आफु तयार रहेको भन्ने धारणा प्रायको थियो ।

प्रतिक्रिया