एजिएनमा डुङ्गा पल्टिँदा १८ आप्रवासीको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार २०:५१
Philippines_ferryअङ्करा (टर्की) ।  एजिएन समुद्रको बाटो हुँदै टर्कीबाट ग्रिसको टापु हिँडेका यात्रुहरु चढेको डुङ्गा पल्टिँदा कम्तीमा १८ जना आप्रवासी शरणार्थीको मृत्यु भएको टर्कीका सञ्चारमाध्यमले बताएका छन् ।
 
यात्रारत १४ जना यात्रुलाई टर्कीको सामुद्रिक सुरक्षाकर्मीले उद्धार गरेका टर्कीको डोगान न्यूज एजेन्सीले जनाएको छ ।
 
उद्धार गरिएकामा धरै मानिसहरु सिरिया, इराक पाकिस्तानलगायत मुलुकबाट युरोप हिँडेका बुझिएको छ । उद्धार भएका शरणार्थीहरुका अनुसार मृतकमध्ये अधिकांश सिरियाबाट युरोप हिँडेका सिरियाली नागरिक रहेको प्राप्त समाचारमा जनाइएको छ ।
 
डुङ्गा दुर्घटनापछि उद्धार गरिएका सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
 
सन् २०१५ को सुरुदेखि अहिलेसम्म करिब छ लाख ५० हजार मानिस सुविधायुक्त जीवनयापन र रोजगारीका सिलसिलामा सिरिया, इराक पाकिस्तानलगायतका देशबाट एजिएन समुन्द्रको बाटो हुँदै युरोप गएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।
 
युरोप छिर्ने प्रयासमा एकान्त तथा असुरक्षित गन्तव्यबाट हिँडेका कारण करिब ५०० मानिसको बाटोमा नै निधन भएको समाचार छ ।
 
रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१