रुनुको केही फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार २०:४८

Family members break down during the cremation of an earthquake victim in Bhaktapur near Kathmandu, Nepal, Sunday, April 26, 2015. A strong magnitude 7.8 earthquake shook Nepal's capital and the densely populated Kathmandu Valley before noon Saturday, causing extensive damage with toppled walls and collapsed buildings, officials said. (AP Photo/Niranjan Shrestha)

हाँस्न र हँसाउनका लागि मान्छे अनेक गर्छन् । हँसाउनकै लागि टेलिभिजनमा कमेडी कार्यक्रम चलाइएका हुन्छन् । भनिन्छ, दिल खोलेर हाँस्दा स्वस्थ जीवन जिउन सकिन्छ । तर, रुँदा पनि स्वस्थ जिन्दगी जिउन सकिन्छ भन्ने थाहा छ ? जानिराख्नुहोस् रुनुका केही फाइदा :
आँखाका लागि
आँसुले आँखालाई सफा गर्न मद्दत गर्छ । वेला–वेला रुने गर्दा आँखाको नानीलाई सुक्खा हुनबाट बचाइराख्छ ।

कीटाणु मार्न
आँसुमा ब्याक्टेरियाप्रतिरोधी क्षमता हुन्छ । ९० देखि ९५ प्रतिशत ब्याक्टेरियालाई ५ देखि १० सेकेन्डमा मार्ने शक्ति आँसुमा हुन्छ ।

स्ट्रेस कम गर्न
वेला–वेला रुने व्यक्तिले ‘स्ट्रेस’को समस्या भोग्नुपर्दैन । रुने व्यक्ति चिन्ता, थकान, चिडचिडापन, मानसिकजस्ता समस्याबाट टाढै रहन्छन् ।

रोगबाट बचाउन
स्ट्ेरसका कारण शरीरमा अनेक केमिकल पैदा हुन्छन् । आँसुले यस्ता केमिकललाई टाढै राख्छ । आँसुलाई जबर्जस्ती रोक्दा स्ट्रेसको लेभल बढ्न जान्छ र ब्लडप्रेसर, अल्सर, हार्टअट्याकजस्ता खतरा
निम्तिन सक्छन् ।

मानसिक तन्दुरुस्ती
आँसुले चिन्ता र निराशालाई दिमागबाट बाहिर निकाल्छ । रुँदा मन सफा हुन्छ ।

यो पनि
रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ ।
एक अध्ययनअनुसार महिला वर्षमा ४७ पटक रुन्छन् भने पुरुष जम्मा सातपटक ।
मान्छे औसत ६ मिनेट रुन्छ ।
साँझ ७ बजेदेखि १० बजेको समयमा मान्छे सबैभन्दा धेरै रुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१