गैर आवाशीय नेपाली संघलाई कसैले पनि अपवित्र वनाउने चेष्टा नगरौ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार १७:३४

0सार्क मुलुक बाहेक अन्य मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका बिदेशी नागरिकता लिएका नेपालीहरू अटाउन सक्ने गैर आवासीय नेपालीहरूको अन्तराष्ट्रिय संजाल हो गैर आवासीय नेपाली संघ। हाल सम्म विश्वका ७१ वटा देशमा यसका शाखाहरू विस्तारित भएका छन।यो संजाल स्थापना गर्नुको मुख्य उदेश्य नेपालको उन्नति नभई नेपाल बाहिरका नेपालीहरूको पनि प्रशिद्धि बढन नसक्ने र जन्मभुमिको बिकासका लागि सबैले यथा सक्दो गर्नु पर्ने उदेश्यका साथ स्थापना भएको थियो। स्थापना काल देखि हाल सम्म यो संगठनको नेतृत्व उपेन्द्र महतो,देवमान हिराचन,जीवा लामिछाने र शेष घलेले गर्नु भएको छ। यसको पहिलो सम्मेलन काठमाडौंमा सन २००३मा भएको थियो सो सम्मेलनको उद्धघाटन पूर्व राजा ज्ञानेन्द्र शाहवाट  गरिएको थियो।

जव यस संस्थाले नेपाल र नेपालीको हितका लागि काम गर्न थाल्यो तत् पश्चात यस संस्थाको उचाईले सगरमाथा चुम्न पुग्यो।आज देशमा जस्तो सुकै परिस्थति सृजना होस सवै नेपाली र देशले गैर आवाशीय नेपाली संघलाई संझन्छन्। दु:खमा होस् या देशको समुनत विकासका लागि होस् गैर आवाशीय नेपाली संघले खेलेको भुमिकाहरू अविश्मरणीय नै छ। गैर आवासीय नेपाली संघले देशको समुन्त विकासका लागि पनि थुप्रै क्षेत्रमा लगानी गर्दै आई रहेको छ।यस संस्थाले देश विकास हुनु नै नेपालीको लागि सफलताको शिखर चुम्नु हो भन्ने सोच लिएर अगाडी वढि रहेको छ।

आज हामीहरू माझ लोक प्रिय वनेको संस्था गैर आवाशीय नेपाली संघले वोकेको मुल मर्म नेपालीका लागि नेपाली र एक पटकको नेपाली सधैको नेपाली भन्ने मार्मिक वाक्याशंले नै यस संस्थालाई सवै नेपाली माझ चर्चित वनायो।विगतवाट नै नेपालीको हितको लागि काम गर्दै आए पनि २०७२ सालको भुकम्पमा परी घरवार विहिन भएका र मृत्यूवरण गरेकाहरूको परिवारलाई गाउँ गाउँ वस्ति वस्ति पुगेर दिलै खोलेर करोडौ करोडौको दैनिक उपभोग्य राहत सामान वितरण गर्न सफल भयो। यसरी नेपाली जनता सामु छिटो भन्दा छिटो पुग्न सफल हुनुमा सवै भन्दा पहिलो नेतृत्व पंक्तिले दृढ संकल्प लिएर अगाडी वढनाले नै सफल भएको हो।तराईमा भई रहेको आन्दोलनलाई प्रमुख कारण देखाई भारतद्वरा लगाईको नाकावन्दिलाई दवाव दिनका लागि जुन जुन देशमा भारतको कुटनितिक नियोग छन उक्त नियोगको अगाडी विशाल प्रदर्शनी गरी दवाव दिई रहेको छ।

भारतले लगाएको नाकावन्दी पश्चात प्रथम चरणमा ३८ लाख वरावरको औषधी सरकारलाई हस्तान्तरण गरेको छ।औषधिका लागि विश्व भरी छरिएर रहेका नेपालीहरू वीच सहकार्य गरि रहेको छ।भुकम्प पीडितहरूको लागि गैर आवाशीय नेपाली संघले सरकारलाई दिएको वचन अनुसार १००० घर वनाउन रकम संकलन गर्ने तयारीमा छ।यति मात्रै कहाँ होर गैर आवाशीय नेपाली संघले दैविक प्रकोपवाट पीडित वनेका देशहरूलाई पनि सहयोग गर्दै आई रहेको छ त्यसैले आज हामीहरूले मन वचन र कर्मले यो पवित्र संस्थाको सदस्यता ग्रहण गरी यस संस्थालाई हातमा हात मिलाएर अगाडी वढाउन प्रणय गरौ। सारा नेपालीहरूको छाता संगठन गैर आवासीय नेपाली संघले सदा सर्वदा नेपाल र नेपालीको हितका लागि अगाडी वढि रहने छ।

गैर आवाशीए नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलन सकिएको पनि २ महिना भई सक्यो उक्त सम्मेलन पश्चात गैर आवाशीय नेपाली संघको २०१५ देखि २०१७ सम्मका लागि पुन शेष घले नै निर्वाचित हुनु भयो। ढिलै भए पनि अनलाईन मिडिया मार्फत शेष घले लगाएत नयाँ कार्य समितिका सम्पूर्ण पदाधिकारीहरूलाई कार्य सफलताको कामना गर्दछु। किन मैले ढिलै भए पनि यस कुरालाई उठान गर्न खोजे भन्दा जुन किसिमले सातौ विश्व सम्मेलनमा गैर आवाशीय नेपाली संघको पञ्जिकृत सदस्य लिएकाहरूले राम्रालाई भन्दा पनि हाम्रालाई चयन गरेको देख्दा अचम्मै परे यस्तो पवित्र संस्थामा लाग्नेहरूले पनि वुद्धि विकेकले काम गर्नु पर्नेमा त्यस्तो देखिएन।एउटै देशवाट क्षेत्रिय संयोजक र सह-संयोजक छान्ने काम गरे। पावर शेरिङ्को हिसावमा पनि सवै क्षेत्रलाई समेट्न सकेन सातौ सम्मेलनले।

गैर आवाशीय नेपाली संघको स्थापना काल देखि हाल सम्म पनि यस संस्थामा अहोरात्र खटिएर योगदान दिने व्यक्तित्वहरूको त नाम निशाना नै हरायो नि संस्थामा? यसरी भुल्नु भनेको हामीहरूकै लागि ठूलो विडम्वना हो।जसले यस स्थान सम्म संस्थालाई ल्याउने काम गरे उहाहरूलाई भुल्नु हुँदैन।यदि त्यस्तो व्यक्तित्वहरूलाई संस्थाले भुल्ने चेष्टा गर्यो भने

संस्थालाई नै आघात पुग्दछ।म नाम नै लिएर त भन्दिन तर पनि मैले २०१० देखि नै मुल्याङ्कन गरेका व्यक्तित्वहरूलाई चाहि संस्थाले पछाडी धकेल्ने काम गर्यो।अध्यक्ष शेष घले ज्यूले पनि मुल्याङ्कन गर्न सक्नु पर्दछ।

गैर आवाशीय नेपाली संघले मनोनित गर्ने सदस्य र सल्लाहकारहरूमा त्यस्ता व्यक्तिलाई स्थान दिन सके अझै राम्रो हुने थियो। संस्था जातीय ,धार्मिक र राजनितिवाट टाढै रहेर अहिले यो स्थतिमा आईपुगेको छ। तर आजकल कता कता संस्था भित्र धर्म ,जात ,भेगीय र राजनितिले प्रशय पाएको भान हुदैछ। यस्तो हुनु भनेको संस्थालाई नै विखण्डन तिर उन्मुख गराउनु हो। त्यसैले यस विषयमा संस्थाको वागडोर सम्हाल्नेहरूलाई चेतना आउन जरूरी छ।

गैर आवाशीय नेपाली संघले आउदा दिनहरूमा विदेशीएका नेपालीहरूको हितका लागि उपयुक्त हुने कार्य योजना तय गरोस भन्ने कामना गर्दछु। जसरी अहिले विश्वका ७१ राष्ट्रमा संस्था छ आउदा दिनहरूमा नेपाली जहाँ जहाँ छन ती ठाउमा संस्था स्थापना गर्न सफल होस। विदेशीएका हरेक नेपालीको मन मन्दिरमा यो पवित्र संस्था अट्न सक्नु पर्दछ। गैर आवाशीय नेपाली संघका वारेमा सम्पूर्ण नपालीहरूलाई ज्ञान हुनु पर्दछ। कुरा केहि दिन अगाडीको हो मलाई अमेरीकामा वस्ने एक जना मेरो मित्रले एनआर एन त आईडीवालाको मात्रै हैन र भनेर प्रश्न गर्नु भयो अनि मलाई सोध्नु भयो आफू पनि आईडी होल्डर हो र भनेर यसमा मैले उहाँलाई संस्थाको वारेमा राम्रोसंग वुझाए NRNA भनेको आईडी लिनेको मात्र होईने विदेशीएका सवै नेपालीको हो साथै म पनि NRNA MACAU को सचिव हुँ। म संग आईडी होईन वर्क पर्मिट कार्ड छ भने उता अमेरीकामा त एनआर एन आईडीवालाको मात्रै हो भन्छन भन्थे त्यसैले आउँदा दिनमा संस्थाले वृहत अन्तरकृया गर्न जरूरी देख्दछु। यस्तो पवित्र संस्थालाई कसैले पनि अपवित्र वनाउने चेष्टा नगरौ।
जय एन आर एन।
सचिव
कर्ण वहादुर अधिकारी
गैर आवासीय नेपाली संघ मकाउ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१