३ विधाको आइसिटी सम्मान २०१५ घोषणा, आइसिटी सम्मान सञ्चार मन्त्रीले प्रदान गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार १७:२७
साधना बस्नेत । 

आइसिटी पत्रकार विकास मञ्चले पाँचौ वार्षिकोत्सवको अवसरमा ३ विधामा आइसिटी सम्मान २०१५ गर्ने घोषणा गरेको छ । पौष ७ गते काठमाडौंमा हुने आइसिटी सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधनलाई विशेष स्वागत गरिने कार्यक्रम रहेको संस्थाले जनाएको छ । प्रिन्ट, अनलाइन र विद्युतीय सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई गोलबन्द गर्दै उनीहरुको हकहितका लागि आवाज बुलन्द गर्ने र आइसिटी पत्रकारीतामार्फत आम जनस्तरमा सूचना प्रविधिको जानकारी दिने उद्देश्यले २०६७ मा स्थापना भएको आइसिटी पत्रकार विकास मञ्चको पाँचौ वर्ष प्रवेश गरेको अवसरमा अन्तरक्रिया तथा आइसिटी सम्मान २०१५ गर्न लागेको हो ।
पौष ७ गते हुने आइसिटी पत्रकार विकास मञ्चको कार्यक्रममा सञ्चार प्रविधि मन्त्रीले शेरधन राई आइसिटी, मानवअधिकार, पत्रकारीता, सामाजिक र पर्यटन क्षेत्रमा एक दशकदेखि योगदान पुर्याउने व्यक्तिहरुलाई आइसिटी सम्मान २०१५ द्धारा सम्मानित गर्ने संस्थाका महासचीव मुकुन्द ढुंगानाले बताए । iit
यस वर्ष ३ विधाको आइसिटी सम्मान २०१५ हुने संस्थाले जनाएको छ । आइसिटी सम्मान २०१५ यसप्रकार रहने संस्थाले जनाएको छ । संस्थाले यस वर्ष १ जनालाई आइसिटी अवार्ड, १६ जनालाई आइसिटी सम्मान र १६ जनालाई आइसिटी टोकन अफ लभ दिने निर्णय गरेको छ ।  संस्थाले यस वर्षको आइसिटी अवार्ड २०१५ दुई दशकदेखि मानवअधिकार क्षेत्रमा काम गर्ने व्यक्तिलाई दिने निर्णय गरेको छ 
त्यसैगरी आइसिटी पत्रकारीता सम्मान एक दशकदेखि आमसञ्चार (प्रिन्ट, रेडियो र टेलिभिजन) मार्फत समाज विकास र रुपान्तरण योगदान पुरयाउने व्यक्तिलाई दिने निर्णय गरेको छ भने आइसिटी क्षेत्रमा योगदान दिने ३ जनालाई आइसिटी सम्मान २०१५, बिभिन्न स्तरबाट सामाजिक विकास र उत्कृष्ट सेवा दिने १० जनालाई आइसिटी सम्मान २०१५ र पर्यटन व्यवसायमा उल्लेखनीय योगदान दिने २ जनालाई आइसिटी सम्मान दिने संस्थाले निर्णय गरेको छ ।
त्यसैगरी आइसिटी टोकन अफ लभ सम्मान २०१५ आइसिटी क्षेत्रका १० जना पास्ट प्रेसिडेन्ट तथा आइसिटी क्षेत्रका अग्रजहरु र सामाजिक क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि योगदान पुर्याउने ६ जनालाई दिने निर्णय संस्थाले गरेको छ ।
संस्थाले पाँचौ वार्षिकोत्सवकै अवसरमा अघोषित नाकाबन्दीले सञ्चार क्षेत्रमा परेको असर विषषक अन्तरक्रिया कार्यक्रम गर्नेछ । अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष, नेपाल पत्रकार महासंघ, आइसिटी क्षेत्रका अग्रज, सामाजिक व्यक्तिहरु लगायतले बोल्नेछन् ।
अन्तरक्रिया तथा आइसिटी सम्मान २०१५ का प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राई लाई संस्थाको संस्थापक अध्यक्ष भरतराज उप्रेतीले मायाको चिनो दिने कार्यक्रम समेत रहेको छ ।mayako chino handed to madav nepal
संस्थाले २०७१ मंसीर २७ गते पनि चौथो वार्षिकोत्सव तथा आइसिटी सम्मान कार्यक्रम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न गरेको थियो ।ICT samman 2071
पाँचौं वार्षिकोत्सव तथा आइसिटी सम्मान कार्यक्रम २०१५ लाई सभ्य, भव्य र सफल बनाउन आइसिटी संघ संस्था, पत्रकार, मिडिया हाउस लगायत सबै क्षेत्रलाई संस्थाले अनुरोध गरेको छ ।
संस्था स्थापना भएको पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा पाँचौें वार्षिकोत्सव भव्यताका साथ मनाउने र आइसिटी सम्मान २०१५ कार्यक्रम समेत गर्ने निर्णय कार्यसमितिले अनुमोदन गरेको हो ।

कार्यक्रम तालिका

प्रमुख अतिथि : शेरधन राई, माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री
मिति: २०७२ पौष ७ गते मंगलबार
समय दिनको २.३० बजे
स्थान संवाद डबली, अनामनगर काठमाडौं

विशिष्ट अतिथिहरु

ई गणेश शाह पूर्व विज्ञान तथा प्रविधि मन्त्री
बोर्ण बहादुर कार्की अध्यक्ष प्रेस काउन्सिल नेपाल
डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघ
आनन्दराज खनाल, निर्देशक नेपाल दूरसञ्चार प्राधिकरण नेपाल

अतिथिहरु

क्यान महासंघ
आइसिटी एसोसियसन अफ नेपाल
मुनि बहादुर शाक्य
सिएन उपाध्याय
विप्लवमान सिंह
डा. सुवर्ण शाक्य
बीरेन्द्र कुमार मिश्र
केदार चन्द्र शर्मा
सि. पी. भट्टराई

लगायतका आइटी तथा आइसिटी क्षेत्रका व्यक्तिहरु ।

सूचना प्रविधिको प्रयोगको पहुँच आम जनस्तरमा सहज गराउन आइसिटी चेतनाका साथै राज्यको पहिलो प्राथमिकता राख्नुपर्ने अहिलेको आवश्यकता रहेको छ भने । पत्रकारीतको कान्छो माध्यम अनलाइन पत्रकारीताको विकास क्रम बढ्दै जादा अनलाइन पत्रकारहरु बढिरहेका छन् । त्यसैले अनलाइन पत्रकारीतालाई व्यवसायिक बनाउदै आइसिटी विकासका लागि राज्यको पहिलो आँखा सूचना सञ्चार प्रविधिको विकास र बिस्तारका लागि आइसिटी क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो छ र यसलाई व्यवस्थित गर्न सबै एकजुट हुनु पर्ने समय आएको छ । भर्खर आइसिटी क्षेत्रले अकुराउन लागेको अवस्थामा भुकम्प र पछिल्लो समय भारतको अघोषित नाकाबन्दीले नेपालको आइटी उद्योगमा प्रत्या प्रभाव पारेको छ । यस कुराको उठान सूचना सञ्चारको संवाहक क्षेत्र सञ्चार मिडिया त्यसमा पनि सूचना सञ्चार विषयमा अनलाइन तथा आइसिटीका खोजमुलक कुराहरु जनस्तरमा ल्याउने संस्था आइसिटी पत्रकार विकास मञ्च भएकोले संस्थाको भूमिका उच्चस्तरमा रहेर अगाडी बढ्नुपर्ने दायित्व थपिएको छ । यस कुरालाई पाँचौ वार्षिकोत्सवको कार्यक्रम र नयाँ कार्यसमितिले उचित सम्बोधन गर्न सकोस् भन्ने सबैको कामना छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१