आउँदैछ दश दिनसम्म ब्याट्री टिक्ने मोबाइल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार १७:१६
phoneकाठमाडौं । स्मार्टफोन निर्माता कम्पनी अकिटेल छिट्टै एउटा यस्तो फोन लिएर आउँदैछ, जसको ब्याट्री १० दिनसम्म चल्छ । १०,००० एमएएच क्षमता रहेको ब्याट्रीको कारण चीनमा स्मार्टफोनको नाम नै १०००० राखिएको छ ।
 
अकिटेलको आधिकारिक वेबसाइटका अनुसार नयाँ फोनमा एन्ड्र्वायड ५.१ (ललिपप) अपरेटिङ्ग सिस्टमको उपयोग गरिएको छ । दुईवटा सिमकार्ड रहने उक्त फोनको डिस्प्ले ५.५ इन्चको छ । यसको प्राइमरी क्यामरा आठ मेगापिक्सलको छ, जसमा ड्युयल एलइडी फ्ल्यासको पनि सुविधा छ । फ्रन्ट क्यामरा दुई मेगापिक्सलको छ ।
 
मोबाइल फोनसँग सम्बन्धित एउटा वेबसाइट फोन एरिनाका अनुसार, दुई जिबी र्याम र १६ जिबी एक्स्पेन्डेवल मेमोरी रहेको उक्त फोनको मूल्य २४० डलर अथवा लगभग नेपाली २५ हजार पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१