कामु महानिरिक्षक दुर्जकुमार राईलाई दर्ज्यानी चिन्ह प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार १६:३१

Durga Kumar Rai11काठमाडौँः शुक्रबार साँझ सशस्त्र प्रहरीको कायमुकायम महानिरीक्षक नियुक्त भएका दुर्जकुमार राईलाई आइतबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगोले महानिरीक्षक राईलाई विशेष समारोहका बीच दर्ज्यानी चिन्ह लगाई दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेर गैरकानुनी बाटोबाट अकुत सम्पत्ति कमाएको आरोपमा सशस्त्रका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेपछि राई कामु महानिरीक्षक बनेका हुन् ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई तीन महिनाको लागि कामु महानिरीक्षकमा नियुक्त गरेको हो । अख्तियारले निलम्बन गर्ने बित्तिकै महानिरिक्षक वन्तले राजीनामा बुझाएका थिए ।

Durga Kumar Raifinal

भोजपुरको दुर्गम गाउँमा जन्मिएका राई पूर्वको दुर्गम क्षेत्रबाट पहिलो पटक प्रहरीको उच्च पदमा पुग्ने व्यक्ति बनेका छन् ।

कार्यावहाक आइजीपी राईको जन्म २०१८ साल मंसिर १ गते भोजपुरको अन्नपूर्ण गाविस ८ मा भएको हो ।  प्रहरी निरिक्षकको रुपमा २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका राईले त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन्  ।

राई २०५८ सालमा नेपाल प्रहरीबट सशस्त्र प्रहरीमा स्तान्तरण भएका हुन् । विभिन्न जिल्ला प्रहरी कार्यालयमा प्रमुखको रुपमा काम गरेका राईले सशस्त्र प्रहरी गणहरुमा गणपतिको रुपमा समेत कार्य सम्पादन गरेका थिए ।

प्रतिक्रिया