किन जटिल बन्दै एनआरएन विवाद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार ०६:३४

जीवागैरआवासीय नेपाली संघ (एनआरएन) का संरक्षक तथा पूर्वअध्यक्ष जिवा लामिछानेले यतिखेर संस्था भित्र देखिएको बिवाद जटिल बन्दै गएकोले यसको तुरुन्त समाधान गर्न सम्वन्धीत पदाधिकारीलाई आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय समन्वय परिषदको नाममा जारी गरेको विज्ञप्तिमा संरक्षक लामीछानेले पहिलो बैठकवाट पारित गरेका निर्णयमा अधिकांश पदाधिकारीहरुको असहमति रहेको अवस्थामा त्यसलाई सम्बोधन गरेर मात्र अगाडि बढ्न सुझाब दिएका छन्।
संरक्षक लामिछानेले अध्यक्ष शेष घलेलाई आफूले आपसी समन्वय गरेर अगाडि बढ्न आग्रह गरेको बताउँदै संरक्षक लामिछानेले बुँदागत रूपमा अहिलेको विवाद समाधान गर्न सुझाब दिएका छन्।
पराजित उम्मेद्वारलाई मनोनयनको सम्वन्धमा बिधानको ब्याख्या गर्न कुलचन्द्र गौतमको समितिलाई जिम्मा दिने र सो समितिको निर्णय सबैले मान्नुपर्ने विधानले समेत ब्याख्या गरेको लामछिानेले बताएका छन्। दोस्रो विवादका रूपमा देखिएको क्षेत्रगत मनोनयनमा सम्वन्धमा क्षेत्रलाई जिम्मेवार बनाउन उनीहरूको सिफारीस बमोजिमका नामहरु अनुमोदन गर्ने र विधान विपरीत भए गरेका विषयलाई अन्य बैठकमा जिम्मेबारीवोध गराउँदै सच्चाएर अगाडि बढ्न समेत लामिछानेले सुझाब दिएका छन्।
गैर आवासीय नेपाली संघको निर्वाचन सकिएको एक महिना बित्न नपाउँदै पहिलो बैठकबाटै अध्यक्ष र महासचिवबिच मनमुटाव सुरु भएपछि यो बिवाद चर्कदै गएको हो।
त्यसपछि पहिलो बैठकको निर्णय माइन्युट महासचिवले नगरेपछि अध्यक्ष शेष घलेले कार्यकारी निर्देशकबाट निर्णय सार्वजनिक गरेका थिए। त्यसपछि उपाध्यक्ष कुमार पन्तले आफ्नो भनाइ सार्वजनिक गर्दै संस्थागत निर्णय हुन नसक्नु र मनोनयन प्रकृया गलत भएको ठहर गरेपछि बिवादले उग्ररुप लिएको हो ।
बिवाद बढ्दैजाँदा पनि अध्यक्ष शेष घले टसमस नभएपछि स्वंय संरक्षक जिवा लामिछानेले आफ्नो प्रतिकृया सर्वाजनिक गरेका हुन्। उनले आग्रह गरेको पत्रमा भने आफूलाई संरक्षकको रुपमा प्रस्तुत गरेका छैनन्।
पूर्वअध्यक्ष जीवा लामिछानेले जारी गरेको सुझाब पत्र
आदरणीय अध्यक्षज्यू तथा साथीहरू,
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद
सातौं विश्व सम्मेलन र नयाँ कार्यसमिति चयन भएको दुई महिना बितिसकेको छ। बिभिन्न समिति तथा कार्यदल गठन गरी संघका नियमित कार्यहरु संचालन गर्नुपर्ने समयमा हामी आन्तरिक विवादमा अल्झिरहेका छौं। १५ नोभेम्बर २०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद्को ५१ औं बैठकले पारित गरेका निणर्यहरुप्रति अधिकांश कार्यालय पदाधिकारीहरुले असहमति जनाएको अवस्थामा यसलाई संवोधन गरेर अगाडि बढ्नु बाहेक अर्को विकल्प देखिएन।
अध्यक्षज्यूसँग मैले पहिले पनि आग्रह गरे झै अहिले अन्तर्राष्ट्रिय समन्वय परिषदमा देखिएको समस्या आपसी संवादबाट टुङ्गाउन उपयुक्त ठान्दछु। अन्तर्राष्ट्रिय समन्वय परिषदमा देखिएको बर्तमान बिबाद समाधानका लागि निम्न सुझावहरु प्रस्तुत गरेको छु।
निर्वाचनमा पराजित उम्मेदवारको मनोनयनका सम्बन्धमा
सातौँ महाधिवेशनमा पराजित उम्मेदवार साथीहरूमध्ये केही साथीहरूलाई अन्तराष्ट्रिय समन्वय परिषदमा मनोनयन गरिएको विषय मनोनयन सम्बन्धि विनियम २०१३ को मर्म बिपरित रहेको भन्ने बिबाद उत्पन्न भएकोले मनोनयन सम्बन्धि विनियमको बुँदा ३।४ र बुँदा ३।५ को ब्याख्या गर्ने जिम्मा बिधान व्याख्या समितिका अध्यक्ष श्री कुलचन्द्र गौतमलाई दिने । बिधान ब्याख्या समितिका अध्यक्षबाट आएको निर्णयलाई सबै पक्षले स्वीकार गर्ने । बैधानिक प्रश्नहरुको ब्याख्या गर्नका लागि यो समिति गठन गरिएकोले बिबादित बिषयमा त्यहाँबाट गरिने ब्याख्या नै अन्तिम मानिनु पर्ने व्यवस्था विधानले गरेको छ ।
क्षेत्रगत रुपमा मनोनित आईसीसी सदस्यका हकमा
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदमा प्रत्येक क्षेत्रबाट १ जना महिला सहित तीन जना सदस्य मनोनित गरिने परम्परा रही आएको छ । क्षेत्रीय संयोजकहरुलाई अधिकार प्रत्यायोजन र थप जिम्मेवार बनाउने अभिप्रायले बिगतमा हामीले क्षेत्रीय संयोजकको सिफारिस बमोजिम नै मनोनयन गर्ने परम्परा बसाल्दै आएका हौँ । यसपटक पनि क्षेत्रीय संयोजकबाट प्राथमिकताका आधारमा सिफारिश गरिएका नामहरु मात्रै अनुमोदन गरि यस बिबादको समाधान गर्ने । तर यसरि अनुमोदन गर्दा माथि उल्लेख गरिएको बुँदा समाधानका लागि बिधान व्याख्या समितिका अध्यक्षबाट आएको निर्णयसंग बाझिन नहुने ।
अन्य बिबादित विषयका हकमा
अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने समयका बारेमा बैठक सञ्चालन संवन्धी कार्यविधीले ब्यबस्था गरे बमोजिम प्रयाप्त समय अगाडी जानकारी नगराइएको, मनोनित सदस्यहरुको व्यक्तिगत विवरण, अनुभव, दक्षता आदिका बारेमा ७ दिन अघि अन्तराष्ट्रिय समन्वय परिषदमा जानकारी नगराइएको आदि बिबादित बिषय आगामी बैठकहरुमा सच्याएर लैजान सकिन्छ । संघ भित्र छलफल र बहस हुनुलाई मैले सामान्य रुपमा नै लिदै आएको थिएँ । यसभन्दा अघि पनि संघ भित्र यदाकदा बिबाद नभएका होइनन तर ती विवाद संधै आपसी छलफल र सुझबुझमा नै टुंगिने गरेका थिए । तर यसपटकको बिबाद समाधान तर्फ नगई झन् झन् जटिल बन्दै जानु दुर्भाग्यपूर्ण हुन गएको छ । बर्तमान बिबादलाई वेवास्ता गरेर जाँदा अरु जटिलताहरु थपिने सम्भावना रहेकोले यथासक्य विवाद सुल्झ्याई अघि बढ्नु हुन हार्दिक अनुरोध गर्दछु ।
धन्यबाद,
जीवा लामिछाने

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१