विधवा हुनुमा राष्ट्रपतिको के दोष ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ पुष २०७२, आईतवार ०६:०७

– एलिजा ढकाल

Aliza-Dhakal2अचम्म कतै हुन्छ भने त्यो नेपालमै हुन्छ । विधवाले टेकेको भनेर सीताको जन्मभूमि जनकपुरधामको पवित्र जानकी मन्दिर धोएर चोखो पारियो रे ! यो कुरा सुन्दा मुटु छिया छिया भयो ।

कहाँ लेखिएको छ, मन्दिरमा विधवा पस्नु हुँदैन भनेर ? विधवा हुनुमा राष्ट्रपतिको के दोष ? के राष्ट्रपतिको अनुहारमा विधुवा अंकित चिन्ह छ ?

कहाँ लेखिएको छ, मन्दिरमा विधवा पस्नु हुँदैन भनेर ? विधवा हुनुमा राष्ट्रपतिको के दोष ? के राष्ट्रपतिको अनुहारमा विधुवा अंकित चिन्ह छ ? शरीरमा विधुवा लेखिएको छ ? कपालले विधुवाको संकेत गर्छ ? कि उनका पाइलामा विधुवाको छाप हुन्छ ? नत्र किन जानकी मन्दिरमा राष्ट्रपतिमाथि अपमान भयो ?

कत्ति प्रश्न गर्दा पनि मेरो मन बुझ्दैन । राष्ट्रपतिले पूजा गरेको जनकपुर मन्दिर धोएर चोख्याउने को हुन ? नेपाली जनताका छोराछोरीले यत्ति धेरै अपमान राष्ट्रपतिलाई कसरी गर्न सक्छन् ? के तिम्री आमा छैनन् ? तिम्रा दिदी बहिनी छैनन् ? तिम्रा छोरीहरु छैनन् ? तिमी कसरी एक राष्ट्रप्रमुखलाई यत्ति धेरै अपमान गर्न सक्छौ ?

विधवा हुनुमा राष्ट्रपतिको के दोष ? के राष्ट्रपतिको अनुहारमा विधुवा अंकित चिन्ह छ ? शरीरमा विधुवा लेखिएको छ ? कपालले विधुवाको संकेत गर्छ ?

एउटी महिला राष्ट्रपति हुँदा यत्ति धेरै अमान गर्ने तराईमा कसरी बाचेकी छिन् एउटी गृहिणी ? कसरी बाचेकी छिन् एउटी छोरी ? मेरो मनमा प्रश्न मात्र छन् । मन्दिर चोख्याउनेलाई फेरी प्रश्न गर्छु राष्ट्रपतिलाई विधवा भनेर अपमान गर्ने तिमीलाई जन्म दिने आमा होइनन् ? हुन् भने तिमी किन राष्ट्रपतिलाई यति तल्लो स्तरको शब्द प्रयोग गरेर अपमान गछौँ ?

राष्ट्रपतिलाई अपमान गर्नु तिम्री आमालाई अपमान गर्नु जस्तै होइन ? जन्माउने आमा र नेपालकी राष्ट्रप्रमुखलाई सम्मान नगर्ने तिमीले तिम्री छोरीलाई कसरी सम्मान गर्न सक्छौँ ?

एउटी महिला राष्ट्रपति हुँदा यत्ति धेरै अमान गर्ने तराईमा कसरी बाचेकी छिन् एउटी गृहिणी ? कसरी बाचेकी छिन् एउटी छोरी ? मेरो मनमा प्रश्न मात्र छन् ।

मेरो मनमा दुई दिन देखि एउटा मात्र प्रश्न खेलिरहेको छ, राष्ट्रपति एउटा महिला त्यसमाथि विधवा भएको भएर यसरी अपमान गर्ने मधेसीको घरमा महिला आमा र दिदीबहिनीको दैनिक कस्तो पीडादायी होला ? नयापेज बाट

प्रतिक्रिया