बिहान ढिलोसम्म सुत्नेको आयू घट्न सक्ने खुलासा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ पुष २०७२, शनिबार ०८:५६

sleeping750सिडनी । एक नयाँ अध्ययनले बिहान ढिलोसम्म सुत्नेहरुका लागि झस्काउने तथ्य बाहिर ल्याएको छ । दिनमा ९ घन्टाभन्दा बढी सुत्ने र दिनमा धेरै भन्दा धेरै समय बसेरै बिताउनेको आयू छोटो हुने तथ्य बाहिर आएको हो । यसैगरी कम शारीरिक श्रम गर्नेहरुको दिनचर्याले आयू घटाउन भूमिका खेल्दछ ।

गैर–नाफामुलक संस्था ‘सैक्स इन्स्टिच्यूट’को अध्ययन ‘४५ एण्ड अप’का लागि गरिएको सर्वेक्षणका अनुसार यदि कोही व्यक्ति राति धेरै निदाउँछ र दिनमा शारीरिकरुपमा सक्रिय रहँदैन भने उसको मृत्यू छिटो हुने सम्भावना सक्रिय रहने व्यक्तिको तुलनामा चार गुणा बढी हुन्छ ।

सर्वेक्षणमा धेरै आराम गर्नुको अर्थ सात घन्टाभन्दा बढी बस्नु र कम अभ्यास वा शारीरिक श्रम गर्नुको मतलब हप्तामा १५० मिनेटभन्दा कम व्यायाम गर्नुलाई भनिएको हो । यस अध्ययनको मुख्य शोधकर्ता मेलोडी डिगका अनुसार, ‘हामी यो अध्ययनमा यो थाहा पाउन चाहन्थ्यौं कि सुतिरहने र बसिरहनेको संयुक्त असर के हुन्छ ? अत्यधिक निद्रा र धेरै समयसम्मको श्रमविहिन आरामका कारण जीवन नै अल्पायूमा सकिने मार बेहोर्नुपर्ने हुनसक्छ ।’

डिंगका अनुसार उक्त अध्ययनले जति अल्पायूका जोखिमपूर्ण कारणहरु धुम्रपान, रक्सी र अनियमित खानपानप्रति हामी जति सजग रहन्छौं त्यति नै ढिलासम्म सुत्ने र श्रम नगर्ने बानीप्रति पनि सचेत रहनुपर्ने देखाएको छ । सिड्नी युनिभर्सिटीमा प्रोफेसर डिंग र उनका सहयोगीहरुले आफ्नो अध्ययन ‘४५ एण्ड अप’मा सहभागी भएका दुई लाखभन्दा बढी व्यक्तिहरुको स्वास्थ्य अवस्थाको तुलनात्मक अध्ययनबाट सम्पन्न गरेका थिए ।

अध्ययनको क्रममा सहभागीहरुको जीवनशैलीका विभिन्न व्यवहारहरु जस्तो कि धुम्रपान, मदिरा, अस्वस्थ आहार तथा निष्क्रिय जीवनशैलीजस्ता पक्षका साथै लामो समय आराम गर्ने र नगर्ने एवम् कम र अधिक सुत्नेजस्ता व्यवहारभएकाहरुलाई सहभागी गराइएको थियो ।

उक्त परीक्षणको क्रममा शोधकर्ताहरुले विभिन्न किसिमका समस्याहरुको पहिचान गरेका थिए । शोधकताहरुले अनुसन्धानको क्रममा धुम्रपान, मदिराको अत्यधिक सेवन र सात घन्टाभन्दा कम सुत्ने व्यक्तिहरु छिट्टै मर्ने खतरा चारण अधिक बढ्ने तथ्य सामान्यीकरण गरे ।

डिगका अनुसार मधुमेह, क्यान्सर र मुटु रोग विश्वमा करिब ३८ लाख मानिसहरुको मृत्यूको कारण बनिसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१