३१ हजार सस्तो भयो आइफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ पुष २०७२, शनिबार ०८:५२

iPhoneएजेन्सी । एप्पलले भारतमा आइफोनप फाइभ एसको मूल्यमा भारी कटौती गरेको छ । १६ जिबी आइफोन ५ एस भारतीय बजारमा २२,५०० रुपैयाँमा उपलब्ध हुने भएको छ । रिपोर्टका अनुसार, एप्पल आइफोन ५ एस २२,५०० बजार मुल्यमा उपलब्ध छ । यो आइफोनलाई जुन सुकै स्टोरमा पनि किन्न सकिने जनाइएको छ । चार महिनाको अन्तरमा आइफोन फाइभ एसको मुल्यमा भारती कटौती गरेको हो ।

आइफोन सिक्स एस र सिक्स एस प्लसको लन्च गरेपछि फाइभ एसको मुल्यमा कटौती गरेको थियो । मुल्य घट्नु अघि १६ जीबी आईफोन फाइभ एस ३५ हजार रुपैयाँ र ३२ जीबीको ४० हजार रुपैयाा पथ्र्यो ।
एप्पल आइफोन फाइभ एसलाई सन् २०१३ मा लन्च गरिएको थियो । भारतमा आईफोन फाइभ एस १६ जीबीको मुल्य ५३,५०० रुपैयाँ थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१