चाल्र्स डिकेन्सको उपन्यास ‘ग्रेट एक्सपेक्टेसन्स्’मा आधारित फिल्ममा निर्देशक अभिषेक कपुरका कारण अभिनेत्रीहरू रिसाउन थालेको सुरुदेखि नै हो । पहिले यो फिल्ममा अभिनेत्री रेखा खेल्ने कुरा थियो । तर, उनले अस्वीकार गरिन् । त्यसपछि अभिनेत्री तबुले फिल्ममा अभिनय गरिन्, तर पछि उनले ‘रिसुट’ गर्न मानिनन् । ‘एडिटिङ टेबल’मा जब अभिषेकले आदित्य राय कपुर तथा क्याट्रिना कैफबीचको ‘इन्टिमेट सिन’ ‘रिसुट’ गर्नुपर्ने निक्र्योल गरे, तब क्याट्रिनाले केही दिन ‘सुटिङ युनिट’सँग सम्पर्क नै गरिनन् । क्याट्रिनाको स्रोतको हवाला दिँदै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘क्याट्रिना धेरै रिसाइन् । इन्टिमेट सिन रिसुट गर्नु सामान्य काम होइन । उनी निर्देशकसँग रिसाएकी छिन्, अब यो रिसुट हुन्छ कि हुँदैन भन्ने निश्चित भइसकेको छैन ।’ -नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया