महजोडी लगाएतको कलाकार टिम जापानमा, एन आर एन जापान द्वारा भब्य स्वागत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७२, शुक्रबार ०७:०६
swagatगैर आवासीय नेपाली संघ जापानको आयोजनामा २०१५ डिसेम्बर २० तारिक आयोजना हुन गैईरहेको मह जात्रा २०१५ को कलाकार टोली टोकियो आईपुगेको छ । आज बिहान टोकियोको हानेदा बिमानस्थलमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ , हरिबंश आचार्य , रमिला आचार्य , बम बहादुर कार्कि , नरेन्द्र कंसाकार , मोहितबंश आचार्य , यमन श्रेष्ठ आइ पुग्नु भएको छ , उहाहरुलाइ एन आर एन जापान ले स्वागत गरेको छ ।
स्वागत गर्न गैर आवासीय नेपाली संघ जापानको अध्यक्ष तथा मह जात्रा २०१५ टोकियोका संयोजक सुदन थापाको नेतृत्वमा कार्यसमितिका उपाध्यक्ष देबिलाल भण्डारि , महासचिब अनुज थापा , सचिब बुद्दिराज घिमिरे , कोषाध्यक्ष दिपक थापा , प्रबक्ता संदिप ढुन्गाना , सदस्यहरू नारायण अधिकारी र बाबुराम भण्डारिको टोलिले स्वागत गरेको थियो । यसैगरि प्रायोजकको तर्फबाट अमृत आचार्यको पनि उपस्थित रहेको थियो ।
टोकियो ओर्लिय संगै कलाकारहरूले संम्पूर्ण जापानबाशि नेपालीलाई हसाउन र नचाउन आतुर रहेको प्रतिकृया दिदै सबैलाई टोकियो , ओशाका र फुकुओकाको निर्धारित ठाउ र समयमा उपस्थित भई कार्यक्रमलाइ भब्य बनाईदिनुहुन आग्रह गर्नुभयो । बाकि कलाकार प्रियन्का कार्कि र राष्ट्रीय क्रिकेट कप्तान पारश खड्का भोली १९ तारिक टोकियो आईपुग्ने जानकारि एनआरएन जापानका प्रबक्ता संदिप ढुंगानाले जानकारि दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१