सलमानको जन्मदिनमा दुलही उपहार दिने दिपिकाको इच्छा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ पुष २०७२, बिहीबार १०:५१

timthumbबलिउड अभिनेता सलमान खान छिट्टै ५० वर्ष पुग्दैछन् र उनीलाई चाहनेहरुको एउटै प्रश्न छ सलमानले विहे कहिले गर्छन्। यसको चासो फ्यानलाई मात्र नभई उनका बलिउड कलाकार साथीहरुलाई पनि छ।
यस्तै अभिनेत्री दिपिका पादुकोणलाई पनि रहेछ। मिडियासँगको एक भेटमा दिपिकालाई सलमानको ५० औं जन्मदिनमा के उपहार दिन चाहनुहुन्छ भनेर सोधिएपछि दिपिकाले भनिन् ‘ म उनलाई एउटी दुलही उपहार दिन चाहन्छु।’
‘हिट एण्ड रन’ केसका कारण सलमानले लामो समयसम्म विहे नगरेको अनुमान गरिदैं आइएको छ। हालै उक्त मुद्दामा सलमानले सफाइ पाएपछि बलिउड नगरीमा सलमानले छिट्टै विहे गर्ने अनुमान लगाउन थालिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१