‘बाजिराव मस्तानी’ पाकिस्तानमा प्रतिबन्धित हुन सक्ने सम्भावना प्रबल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ पुष २०७२, बुधबार १६:४७

asfसञ्जयलीला भन्साली निर्देशित भारतीय ऐतिहासिक फिल्म ‘बाजिराव मस्तानी’ पाकिस्तानमा प्रतिबन्धित हुन सक्ने चर्चा चलेको छ । भारतीय ऐतिहासिक कथा भएकाले कतै न कतै मुस्लिम समुदायमाथि आघात पुग्न सक्ने भएकाले पाकिस्तानले नरुचाउने संकेत पाकिस्तानी सेन्सर बोर्डका अधिकारीले गरेका छन् ।

पकिस्तानका केही स्थानिय सेन्सर बोर्डले भने फिल्म रिलिज गर्ने अनुमति दिइसकेको छ तर, कतिपय वितरकहरु फिल्म रिलिज गर्न मानिरहेका छैनन् । उनीहरुले बाजिराव मस्तानी पाकिस्तानमा नचलाउने बताउँदै आएका छन् भने कतिपय वितरकहरु भने फिल्म रिलिज गर्ने पक्षमा देखिएका छन् ।

पकिस्तानको केन्द्रिय सेन्सर बोर्डले पनि फिल्म हेरिसकेको छ । उसले हालसम्म रिलिज गर्न दिनेरनदिने बारेमा केही बोलिसकेको छैन तर, बार्डका एक उच्च अधिकारीले पाकिस्तानी दर्शक हिन्दी फिल्म नै हेर्न नचाहिरहेको बताएका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरुसँग कुराकानि गर्ने क्रममा उनले फिल्ममा मुस्लिमविरोधि कथा भएको भन्दै प्राथमिकतासाथ बोलेका छन् । र, सँगै फिल्ममा अन्तरंग दृश्य भएको तर, सेन्सर बोर्डले त्यसलाई ठूलो विषय नबनाउने बताएका छन् ।

फिल्ममाथि उनले बोलेको जम्मा दुई कुरालाई हेर्दा फिल्ममा समावेश मुस्लिमविरोधी विषय नै उनको टाउको दुखाईको विषय भएको बुझिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमले माजिराव मस्तानी रिलिज गर्ने या नगर्ने भन्ने कुरामा सेन्सर बोर्डले पुनर्विचार गर्न सक्ने विश्लेषण गरेका छन् ।

प्रतिक्रिया