ताइवानमा एप्पलको गोप्य प्रयोगशाला !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ पुष २०७२, बुधबार १६:४३

fdsfएप्पल कम्पनीले उत्तरी ताइवानमा एक विशेष प्रयोगशाला खोलेको छ जहाँ इन्जिनियरहरु नयाँ किसिमको डिस्प्ले प्रविधिमा काम गरिरहेका छन्। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यो प्रयोगशाला गोप्य राखिएको छ र यसका बारेमा एप्पलका प्रवक्ताले कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

लङटनमा रहेको एप्पलको भवनमा कम्तिमा ५० जना इन्जिनियर रहेको र आइफोन र आइप्याड लगायत अन्य डिभाइसका लागि नयाँ स्क्रिन बनाउने कार्यमा जुटेको पनि बताइएको छ। त्यस्तै एप्पलले यो ल्याब यसै साल सुरु गरेको र यहाँ पातलो, हलुका, चम्किलो र कम उर्जा लिने खालको स्क्रिन बनाइरहेको पनि बताइएको छ। हाल आइफोन, म्याक कम्प्यूटर र आइप्याडमा प्रयोग भइरहेको लिक्वीड क्रिस्टल डिस्प्लेलाई अझ राम्रो बनाउनुका साथै अर्गानिक एलइडीमा पनि काम गरिरहेको बताइएको छ।

एप्पलले आइफोन र आइप्याडलाई अझ पातलो बनाउन चाहेको र आफैँ डिस्प्लेको विकास गरेमा सामसुङ इलेक्ट्रोनिक्स को।, एलजी डिस्प्ले को। शार्प कर्प र जापान इङ्कसँगको डिस्प्ले परनिर्भरता पनि कम हुने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१