वाटर रकेट उडाउने प्रतियोगितामा नेपाल चौथो (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७२, मंगलवार ०८:३३

इन्डोनेसियाको बालीमा सम्पन्न भएको वाटर रकेट उडाउने प्रतियोगितामा नेपालले चौथो स्थान हासिल गरेको छ । उक्त प्रतिस्पर्धामा थाइल्याण्डले प्रथम स्थान हासिल गरेको थियो भने दोश्रो स्थान श्रीलंकाले ओगटेको थियो .१३ वटा मुलुक सहभागी भएको उक्त प्रतिस्पर्धामा काठमाडौँ कपन स्थित जोसेफ स्कुलका ४ बिद्यार्थीले नेपालको प्रतिनिधित्व गरेका थिए .बिजेता बिद्यार्थी हरुलाई ट्रफी र प्रमाणपत्र सम्मान पत्र प्रदान गरिएको थियो . यस्तै सोहि सस्थाले आयोजना गरेको प्यारासुट उडाउने प्रतियोगितामा भने नेपालले पहिलो स्थान हासिल गर्यो । IMG_0522

एसिया प्यासिफिक रिजनल इस्पेस एजेन्सी फोरम नामक सस्थाले विभिन्न मुलुकहरुका बिद्यार्थीहरुलाई जमघट गराएर प्रत्येक वर्ष प्रतिस्पर्धा गराउदै आएको छ ।????
उक्त प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै जोसेफ स्कुलका सह प्रधानाध्यापक दिपक अधिकारी नेपालले अति राम्रो प्रदर्शन गरेकोमा आफु गौरवान्वित भएको बताउनु हुन्छ .’ सोचेको भन्दा उत्कृस्ट कार्यक्रम भयो ,आफ्नो देशको समस्या राख्ने अवसर पाए ,नेपालको पछिल्लो अवस्था बारे कुनै पनि देशका त्यहाँ उपस्थित साथीहरुलाई जानकारी रहेनछ ,नेपालमा नाकाबन्दी र भूकम्पको उहाहरुलाई जानकारी नै रहेनछ ,नेपालले त्यहाँ उत्कृस्ट प्रदर्सन गरेको थियो ,हामीले गौरब गरेका छौ । ????
त्यस्तै सोहि बिद्यालयका छात्रा शिवानी श्रेष्ठ भन्छिन ’एकदमै रमाइलो लग्यो ,मलाई त फर्कने मन नै थिएन ,हामीले १४ वटा देशको साथी भेट्दा अति खुसि लग्यो ,उनीहरु भन्दा हामी धेरै पछी रहेछौ ,अहिले हामी उनीहरु संग फेसबुकमा साथी छौ ,उनीहरु हामीलारोबर्ट बनाउन आउछ तिमीलाई भनेर सोद्छन तर हामीले राम्रो संग रोबर्ट राम्रो संग देखेको पनि छैन । ????
त्यस्तै अर्का बिद्यार्थी दिप्नोज खत्री भन्छन ’उनीहरु एकदमै मिलनसार थिए ,उनीहरु हामीले लिफ्ट माग्दा पनि सजिलै दिन्थे ,हामीले गल्ति गर्दा पनि हौसला बढाउने काम गर्दथे ,हामीलाई उनीहरु संग टाढा जान मन नै थिएन । ????????

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१