दीपिका धेरै कमाउने बलिउड अभिनेत्री: वार्षिक ९५ करोड आम्दानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७२, मंगलवार ०७:३७

सन् २०१५ मा दीपिका पादुकोण अभिनित ‘पीकु’ र ‘तमाशा’ रिलिज भए । यसै महिना उनी अभिनित ‘बाजिराव मस्तानी’ पनि रिलिज हुँदैछ । दुई फिल्म सफल भइसकेका छन् भने बाजिराव मस्तानी पनि सफल हुने आँकलन गरिएको छ । यदि यसो भएको खण्डमा २०१५ दीपिकाका लागि वर्ष सुःखद हुनेछ।
यति मात्र नभई उनलाई अर्को सुःखद क्षण पनि मिलेको छ । फोब्र्स म्यागेजिनले वर्षभरी धेरै आम्दानी गर्ने व्यक्तिहरुको सूची निकाल्दा बलिउड अभिनेत्रीहरुको सूचीमा दीपिकाले पहिलो स्थान हासिल गरेकी छिन् । करिब ९५ कराे८ रुपैयाँ अर्थात् ५९ करोड भारु आम्दानी गर्दै उनले अभिनेत्रीहरुको सूचीमा पहिलो स्थान ओगटेकी हुन् ।
त्यसो त, उनी धेरै आम्दानी गर्ने भारतीय सेलिब्रेटीहरुको सूचीमा उत्कृष्ट ९ मा पर्छिन् । दीपिका उत्कृष्ट दशको सूचीमा पर्ने एक मात्र भारतीय महिला सेलिब्रेटी हुन् ।
दीपिका पछि करिना कपुर सूचीको दोस्रो स्थानमा पर्छिन् । त्यसपछि क्रमशः क्याट्रिना कैफ, ऐश्वर्या राय, अनुष्का शर्मा, प्रियंका चोपडा, माधुरी दीक्षित, कंगना रनावत, आलिया भट्ट र परिणिती चोपडा पर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २३, २०८१