दु:ख र विछोडका कुरा आउँदा आँशु एकछिन पनि रोक्न सक्दिन्
अघिल्लो सरकारमा पर्यटन मन्त्रालयमा एमालेले विभिन्न विवादका कारण एक पछि अर्को गर्दै तीन जना मन्त्री फेरेको एमालेमा भागमा यसपटक पनि यहि मन्त्रालय परेको छ। दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित आनन्द पोखरेल पर्यटन मन्त्री बनेका छन्। मन्त्री भएपछि पोखरेलले सेवासुविधाका र कारण आलोचित मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारण बनेर समस्या बुझे र सुधार्न निर्देशन दिए। त्यसको एक सातापछि नै फेरि अवस्था बुझ्न विमानस्थल पुगेका थिए। उनको यो कामले चर्चा पायो। हाल उनी ती कुरालाई अझ व्यवस्थित र विकाश गर्ने बाटोमा लागेको दाबी गर्छन्। त्यस्तै शारिरिक रुपमा अशक्त रहेकी साहित्यकार झमक घिमिरेलाई २४ घन्टा भित्र आवासको टुगो पनि लगाइदिए।
यिनै पोखरेलसँग सेतोपाटीले यस साताको सिनेमा संवाद गरेको छ। पंचायत कालमा नै कम्यूनिष्ट आन्दोलनमा होमिएकाले जीन्दगीमा रोमान्स र राम रमाइलोमा जीवन भुलाउन नमिलेकाले आफूले धेरै फिल्म नहेरेको बताए। राजनीतिक जीवनमा लागेकोले आफूलाई उनी एकै पटक बुढो भएको मान्छन्। फिल्मलाई पनि आफ्नो मन्त्रालयको कार्य क्षेत्रभित्र राख्नुपर्ने उनको धारणा छ।
१. तपाईले हेरेको पहिलो फिल्म कुन हो?
२०३१ सालमा पाटनको अशोक हलमा ‘कोशिश” नाम गरेको फिल्म हेरेको थिए। फिल्ममा बोल्न नसक्ने पात्रहरुको कथा थियो। त्यो फिल्म हेरेर हिक्क हिक्क थिए। म रोएको देखेर फिल्म हेर्न लगेका दाजुले (मामाको छोरा) फिल्म हेरेर किन रुन्छस् भनेर गाली गर्नु भएको थियो।
२. आजसम्म कति वटा फिल्म हेर्नुभयो?
धेरै हेरेको छैन्। १२-१५ वटा हेरेहुँला। ३४ सालदेखि कम्नियूस्ट राजनीतिमा लागेको मान्छेका त्यतिबेला फिल्म हेर्ने मौका नै पाइएन्।
३. तपाईंको विचारमा फिल्म किन हेर्नुपर्छ?
यसले जागारण ल्याउँछ। मनोरञ्जन दिन्छ, कला र संस्कृतिको अध्ययन गर्ने वतावरण दिलाउँछ।
४. तपाईले फिल्म हेरेर के सिक्नु भो?
मैले धेरै फिल्म त हेरेको छैन्। ‘कोशिश’ फिल्म मेरो फिल्मको पहिलो अनुभूति हो। म ३ घन्टा टिक्न सक्दिन त्यो अर्को सत्य पनि हो। ‘कोशिश’ हेरेर मैले मान्छे निरन्तर लागिरह्यो भने लक्ष्य लगाउन सक्छ भने सिकें।
५. कम हेरे पनि फिल्म हेर्दा के चिजमा तपाईंको ध्यान हुन्छ?
म कला पक्षलाई अलि विशेष हेर्छु। मलाई सेन्टिमेन्टल पक्ष मन पर्छ। त्यस्ता दृश्यमा डुबेर भावुक हुन्छ। त्यस्ता दृश्यमा रोएको छु। फिल्ममा दु:ख र विछोडका कुरा आउँदा मेरो आँशु एकछिन पनि रोक्न सक्दिन्।
६. तपाईंलाई कुन माध्यममा फिल्म हेर्न मनपर्छ?
मैले अघि भनिसके म ३ घन्टा टिकिरहन सक्दिन्। धेरै फिल्म नहेरेको र नहेर्ने भएकाले यहि माध्यम मनपर्छ भन्ने छैन्। आजसम्म जति हेरियो हलमा नै हेरेको छु।
७. कस्ता फिल्मले तपाईंलाई आकर्षित गर्छ?
संघर्ष, विजय, राजनीति तथा सामाजिक न्याय जस्ता कुराले तान्छ। मैले थिन्लेको ‘क्याराभान’ हेरेको छु। मेरो मन तान्नेचाँहि त्यस्ताले हो। दासढुगां, बलिदान जस्ता फिल्म सम्झन्छु।
८. हेरेका फिल्महरू मध्येबाट आफूलाई मनपरेको आदर्श पात्र कुन हो?
(केहिबेर सोचेपछि) मैले त्यसरी अध्ययन गर्न सकिन्। तर पनि ‘वासुदेव’मा हरिहर शर्माले गरेको चरित्र मनपर्छ।
९. खलपात्र?
चिनो फिल्ममा सुनिल थापाले गरेको ‘राते काईला’ मनपर्छ।
१०. हेरेका फिल्म मध्येको एउटा चरित्र जससँग आफूलाई निकट देख्नु हुन्छ?
छैन्।
११. को को नेपाली ‘हिरो’ चिन्नुहुन्छ?
राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ
१२. पछिल्लो पटक हेरेको कुन फिल्म हो?
थिन्लेको ‘क्याराभान’ जस्तो लाग्छ।
१३. दोहोर्याएर हेरेको फिल्म?
कुनै पनि फिल्म हेरे जस्तो लाग्दैन्।
१४. मनपर्ने फिल्म निर्देशक कोहि छ?
त्यो पनि छैन्। निर्देशक को को छैन भन्ने नै थाहा छैन्। को भन्नु? यसो भन्दा निर्देशकहरुले अपमान पो ठान्छन् की?
१५. फिल्म हेर्दाको कुनै रोचक घटना?
त्यही ३१ सालमा पहिलो फिल्म ‘कोशिश’ हेर्दा हिक्क हिक्क रोके था छ। अनि अर्को एउटा नेपाली फिल्म हेर्दा रोएको छु। सायद पहिलो नेपाली रंगिन फिल्म ‘कुमारी’ हेर्दा हो जस्ता लाग्छ। setopati बाट
प्रतिक्रिया