सामाजिक सञ्जाल फेसबुकमा लगाएको प्रतिबन्ध हटाएको तेस्रो दिन बंग्लादेशमा ट्वीटरमा प्रतिबन्ध लगाइएको छ।
बंग्लादेश दुरसञ्चार नियामक आयोगले आइतबारदेखि ट्वीटरमा प्रतिबन्ध लगाएको बंग्लादेशका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
ट्वीटरसँगै स्काइप र आइएमओमा पनि प्रतिबन्ध लगाइको छ।
करिब ३ साताअघि फेसबुकमा लगाइएको प्रतिबन्ध भने तीन दिन अघि खुलाइएको थियो।
प्रतिक्रिया