अब पालो ‘फोर जी’ इन्टरनेटको,फिल्म मात्र ११ सेकेन्डमा डाउनलोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७१, आईतवार ०६:३२

एजेन्सी – टुजी, थ्रीजी हुँदै अब मोबाइल इन्टरनेटले ‘फोर जी’ सम्म फड्को मारेको छ । विश्वको प्रमुख मध्येको एक मोबाइल कम्पनि नोकियाले दक्षिण कोरियाली कम्पनी एसके टेलिकमसँग सहकार्य गरेर आफ्ना प्रयोगकर्ताहरु लाई ‘फोर जी’ इन्टरनेट उपलब्ध गराएको हो । एक रिपोर्टका अनुसार ‘फोर जी’ सेवाको स्पिड ३.७८ जीबी प्रति सेकेन्ड रहेको छ । यो स्पिडमा हामीले हेर्ने साधारण ६००-७०० 4G-internetएमबी साइजका फिल्महरु एकै सेकेन्डमा डाउनलोड हुन्छ । नोकियाका अनुसार ‘नोकिया र एसके टेलिकमले ३.७८ जीबी प्रति सेकेन्डसम्मको स्पिड हासिल गरेको छ । यो गतिमा कुनै पनि मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता पाँच जीबीको एचडी क्वालिटिको फिल्म मात्र ११ सेकेन्डमा डाउनलोड गर्नसक्छन् ।’ नोकियाका अनुसार यो ‘फोर जी’ इन्टरनेट दक्षिण कोरियामा परीक्षण समेत गरिएको छ । ‘एयरटेल कम्पनीले भारतमा आइफोन फाइभ सी र फाइभ एसमा १० एमबी प्रति सेकेन्ड स्पिड दिएको छ जसलाई अहिले सम्मको उच्च गतिको फोरजी सेवा मानिएको थियो । तर अब नोकियाको इन्टरनेट एयरटेलको तुलनामा चार सय गुणाभन्दा बढी स्पिडमा चल्छ’ नोकियाले एक बिज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१