नेपालमा सामाजिक जागरणको खाँचो छ : अध्यक्ष ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ मंसिर २०७२, आईतवार ११:५१
 काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपालका नेपालमा सामाजिक जागरणको खाँचो रहेको औलाउनु भएको छ । अध्यक्ष ढकालले नेपालको विविधतालाई  छरिएर रहेको गिट्टी, बालुवा, ढुंगा, रड र सिमेन्ट को रुपमा तुलना गर्दै राष्ट्र निर्माणमा  यिनीहरु बीच सहकार्यको लागि सामाजिक साँस्कृतिक जागरणको खाँचो रहेको बताउनु भयो ।
काठमाडौँको किर्तिपुरमा आयोजित एक बहु-साँस्कृतिक  भेलालाई सम्बोधन गर्दै सांसद समेत रहेका ढकालले संबिधान सभाद्वारा जारी नेपालको नया संबिधान सबै धर्म र संस्कृति मैत्री छ भन्दै सामाजिक सदभाबको जगमा शान्ति स्थापना गर्दै आर्थिक रुपान्तरणको मार्गमा मुलुकलाई लैजानु पर्छ भन्नु भयो  ।  पूर्व मन्त्रि समेत रहेका ढकालले असल परिवारनै सम्बृद्ध नेपालको आधार भएकोले प्रत्यक परिवारलाई मजबुत बनाउने कार्यक्रम राज्यले ल्याउनु पर्ने बताउनु भयो  ।
अध्यक्ष ढकालले अरुको लागि बाँच्ने पद्दतिलाइ जिबन शैलीको रुपमा विकास गर्न र समाजमा समस्याको जननी नभई समाधानको श्रोत बन्न सहभागी हरुलाई प्रेरित गर्नु भयो । विश्व  शान्ति तथा एकीकृत परिवार संघले आयोजना गरको कार्यक्रममा कीर्तिपुरका स्थानीय बुद्धिजिबी तथा सामाजिक अगुवाहरु आ-आफ्नो दम्पति सहित उपस्थिति भयर आदर्श परिवार मार्फत शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए  ।

प्रतिक्रिया