आफ्नै जन्म भूमि प्रति अगाढ माया हुँदा हुँदै पनि वाध्य भएर विदेशीए।विदेशीएको पनि ९ वर्ष हुदै छ।यो ९ वर्षको दौडानमा ९ पटक नै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलवाट ओहर दोहर गरे।यस अवधिमा मैले जे देखे जे भोगे आज खुल्ला रूपमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल भित्रका कमी कमजोरीका वारे कलम चलाउने जमर्को गर्दै छु।
नेपालको महत्व पूर्ण स्थान मध्य त्रिभुव अन्तराष्ट्रिय विमान स्थल पनि एक हो किनकी लाखौ लाख विदेशी पर्यटकहरू साथै विदेशीएका नेपालीहरू यहिवाट भित्रिने र वाहिरिने गर्छन।जव विदेशीहरू त्रिभुवन विमान स्थलमा पाईला टेक्छन त्यस पछि नै थाहा पाउँछन हामी नेपालीहरूको औकात र हैसियत त्यसैले यस्तो विमान स्थललाई कस्तो हालतमा राख्नु पर्ने हो भन्ने वारे विमान स्थलको व्यवस्थापन समितिलाई ज्ञान हुनु पर्ने होईन र ?
जव हामीहरू विदेशवाट नेपालको विमान स्थलमा अवतरण गर्छौ तत् पश्चात सुरूवात हुन्छ नेपालको वास्तविक अवस्था।सुरूमा विमानवाट झर्ने वितिक्कै भेडा वाख्रा कोचे झै कोच्छन विमान स्थलको वसमा।विमान स्थल भित्र विभिन्न किसिमको समस्याहरू छन् त्यस मध्य पनि मुख्य समस्या भनेको शौचालयको समस्या हो।यहाँको शौचालय प्रवेश गर्दा गन्ध आएर पस्न सकिदैन शौचालय भित्र पानी,पेपर साथै सावुन केहि पनि हुदैन धाराहरू विग्रिएका पानी नआउने साथै फोहरै फोहर छ यस्तो हालतमा विमान स्थल देख्दा विदेशी पर्यटकहरूले के सोच्दा हुन?
केहि दिन अगाडीको समाचार पढेको र हेरेको थिए नागरिक उड्ययन मन्त्री विमान स्थलको सभाकक्षमा कुराकानी भई रहेको अवस्थामा भित्तामा मुसा दौडिई रहेको थियो।यस्तो हुनु त राम्रो भएन नी हैन र ? विमान स्थल भित्र खाने पानीको राम्रो व्यवस्था छैन।जता हेर्यो त्यतै फोहर नै फोहर छ।विमान स्थल भित्रका भौतिक संरचनाहरू पनि त्यति राम्रा र सफा छैनन्।विमान स्थलमा सामान ओसार्नका लागि ल्याईएका टर्लीहरूको विजोग छ सिङ भाचिएको गोरू झै कतै पनि सहि तवरवाट व्यवस्थापन गरिएको पाईदैन।विमान स्थलवाट वाहिरिने क्रममा पासपोर्ट जाँच गर्ने ठाउँमा पनि काम गर्नेहरू पूर्ण रूपमा दक्षता नभए झै काम गराई एकदमै सुस्त छ।यात्रुहरूसंग गरिने व्यवहार पनि खासै राम्रो छैन।एकै चोटी २/३ वटा विमानवाट मान्छे आए भने त्यसै अतालिन्छन।सिस्टममा काम गराई नै छैन।खाडी मुलुकमा काम गरेर फर्केका नेपालीहरू माथि अलि होच्चाएर व्यवहार गर्छन।
वल्ल वल्ल चेक गरे पछि लगेज लिने ठाँउमा झनै समस्या मान्छे जहाजवाट ओर्लिएको १ घण्टा विति सक्दा पनि लगेज आईपुग्दैन त्यस माथि पनि लगेज ओसार पसार गर्नेको लापर्वाहिले गर्दा लगेज च्यातिने देखि लिएर सामानहरू टुटफुट हुने र हराउने समेत गर्दछ।मानिसहरू सवै हतारमा देखिन्छन आ-आफ्नो सामान लिनलाई व्यस्त हुन्छन।लगेज लिई अगाडी वढे पछि सामन एक्सरे मिसिनमा चेक जाँच हुन्छ त्यहाँ पनि वेकारमा दु:ख दिईन्छ किन भने विदेशवाट फर्किएकाहरूले आफ्नो आफन्तहरूलाई २/४ वटा घडी १/२ वटा मोवाईल वोकेर आउदा पनि विभिन्न किसिमका सोधपुछ गरिन्छ र लगेज पुरै खोल्न लगाएर समय वर्वाद गरिदिन्छन।विदेशमा काम गर्न जानेहरूको भिषा पासपोर्ट साथैमा हुन्छ त्यो हेरेर अनुमान लगाउनु पर्ने हो २/३ वर्षमा एक पटक घर आउदा आफुलाई र परिवारका सदस्यलाई चाहिने सामान त ल्याई हाल्छननी होईन र ? किन दु:ख दिनु पर्यो।
राम्रा र महङ्गा सामान ओसार पसार गर्नेलाई सेटिङमा काम मिलाउछन् अनि दुख पाउने भनेका विदेशमा काम गर्न जानेहरू नै हुन।विमान स्थल भित्रका कर्मचारीहरूलाई वेलावेलामा छानविन नभएको पनि होईन कतिलाई त कार्वाहि पनि भएका छन। सुरक्षाको दृष्टीकोणले पनि विमान स्थल एकदमै संवेदनशील क्षेत्र हो।त्यसैले नेपाल सरकारले चुस्त तवरवाट विमान स्थललाई सुरक्षित राख्न पनि अनुरोध गर्दछु।विदेशीहरूले सवै भन्दा पहिला देख्ने भनेकै विमान स्थल हो त्यसैले अरू क्षेत्रहरूमा भन्दा विमान स्थल क्षेत्रमा सरकारको ध्यान जान जरूरी छ।आखिर गाह्रो काम नै के छ र केवल व्यवस्थापन मिलाएर विमान स्थलका क्षेत्रहरूलाई सफा सुग्घर वनाउन जोड दिनु पर्छ।शौचालयलाई सफा र दुरूस्त राख्नु पर्दछ।वेला वेलामा व्यवस्थापन समितिका हाकिमहरूले चेक जाच गर्नु पर्दछ।काम गर्नेहरूले कसरी काम गरि रहेको छ भन्ने वारे वुझ्नु पर्दछ। विग्रिएका भौतिक संरचनाहरूलाई मर्मत तथा निर्माण गर्नु पर्दछ।विमान स्थलमा दैनिक रूपमा प्रयोग हुने सामानहरूलाई दुरूस्त राख्नुका साथै निरिक्षण पनि गर्नु पर्दछ।यति त गर्न सकिन्छ होला की नेपाल सरकार? यहाँ त कुरा के भो भने अनुगमन गर्नेहरूले अनुगमन नै नगरेर यस्तो हाल सृजना भएको हो।त्यस कारण यस्ता कुराहरूलाई नेपाल सरकारले वेलैमा मनन गर्नु पर्दछ।
धन्यवाद।
कर्ण वहादुर अधिकारी
सचिव
गैर आवाशीय नेपाली संघ, मकाउ
प्रतिक्रिया