पद गुम्ला भनेर नेताहरु माथि छानबिन रोक्न सक्दिन :लोकमान सिंह कार्की

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७२, बुधबार १५:३६

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आयोगले जनताको अपेक्षा अनुसार राजनीतिक व्यक्ति र उच्च प्रशासकहरुमाथि अनुसन्धान सुरु गरेको भन्दै कुनै पनि हालतमा अनुसन्धान नरोक्ने बताएका छन्।लोकमान
भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बुधबार भएको कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त कार्कीले आफूले पद छाड्नु परे पनि अनुसन्धान नरोकिने बताए । उनले भने-‘पछिल्लो समय पत्र काटेर अगाडि बढाइएको अनुसन्धान काूननसम्वत छ । यो कुनै हातलमा रोकिँदैन ।’

आयोगले बुधबार आफ्नै परिसरमा गरेको कार्यक्रममा प्रमुख आयुक्त कार्कीले आयोग कसैको दवाबसामु नझुक्ने पनि बताए। आयोगले केही दिन पहिले एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरादेखि नेकपा एमालेका राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे लगायतका नेता तथा बहालवाला तीन जना सचिवसहित २९ जना भीआइपीलाई बयानका लागि पत्र काटेको थियो।
अख्तियार प्रमुख कार्कीले पत्र काटेका विषयलाई लिएर भएको विरोधप्रति पनि असन्तुष्टि जनाए । पत्र काटेर छानविन गर्दैमा दोषी नहुने भन्दै उनले अनुसन्धानकै विरोध गर्नु राम्रो नभएको बताए ।

प्रतिक्रिया