झापामा लिटिल प्रिन्स एण्ड प्रिन्सेजको आयोजना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७२, बुधबार १४:४०

मंसिर २३ ,झापा ।gla
सन् २००२ मा स्थापना भएको ग्ल्यामरस नेपालले झापाको बुधबारेमा लिटिल प्रिन्स एण्ड प्रिन्सेजको आयोजना गरिरहेको छ ।
बुधबारे जेसीजको सहकार्यमा ग्ल्यामरस नेपालले बुधबारे, शान्तिनगर, विर्तामोड लगायतका क्षेत्रका निजि तथा सरकारी विद्यालयका करिव एक सय ५० भन्दा बढी विद्यार्थीको अडिसनबाट ५८ जना विद्यार्थीलाई बन्द प्रशिक्षणमा राखेर विभिद विषयमा जानकारी प्रदान गरिरहेको छ ।
ग्ल्यामरस नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठले कार्यक्रम गर्नुको महत्वपूर्ण लक्ष्य बालवालिकाहरुलाई उज्वल भविश्य तर्फ केन्द्रित गराउनु रहेको बताएका छन् । ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस एक प्रतिस्पर्धात्मक कार्यक्रम हो, यहाँबाट वालवालिकालाई हरेक पक्षबाट निखारेर एक योग्य र समाज प्रति जिम्बेवार बनाउने काम गरिन्छ ।’ प्रबन्ध निर्देशक श्रेष्ठ भन्छन् ‘ मैले यो क्षेत्रमा लागेर वालवालिकाको लागि भविश्य देखाउने प्रयास गरिरहेको छु ।’
ग्ल्यामरस नेपाल र बुधबारे जेसीजले गएको मंसिर २ गते देखि विभिद विधामा वालवालिकालाई बन्द प्रशिक्षण तथा फिल्ड भिजिटमै लगेर जानकारी बटुल्ने कार्य गरिरहेको छ । सो प्रतियोगितामा आएका वालवालिकाहरुले पनि प्रतियोगितामा सहभागी हुँदा आत्म विश्वास बढेको र विविद विषयमा जानकारी मिलेको बताएका छन् ।

यसैविच वालवालिकाको क्षमता विकास र अभिवृद्धिका लागि लुकेर रहेको प्रतिभालाई उजागर गराउने उद्धेश्यले झापाको बुधबारेमा लिटिल प्रिन्स एण्ड प्रिन्सेसका प्रतिस्पर्धीहरुलाई एस्कर्सन भिजिट गराइएको छ । उनीहरुलाई सामाजिक रहनशहन, नैतिक जिम्बेवारीको विषय वस्तुमा एक दिने भ्रमण गराइएको हो । सो क्रममा झापाको सुरङ्गामा रहेको कोटि कोटीहोममा वृद्धवृद्धासँग फलाकुसारी गर्दै वृद्धवृद्धालाई माया ममता प्रदान गर्नुपर्छ भन्ने भावनात्मक ज्ञान दिन आयोजकले सहभागी वालवालिकाकै हातबाट फलफूल वितरण गरेको थियो ।

त्यस्तै दमकको हिमालय टि गार्डेनमा चिया प्रशोधन सम्बन्धि फ्याक्टीमा नै गएर जानकारी सहभागी वालवालिकालाई आयोजकले प्रदान गरेको थियो । त्यस पछि डेल्फी स्किन केयर हस्पिटलमा डा. माधवप्रसाद गौतमले वालवालिकालाई सौन्दर्य सम्बन्धि परामर्श दिएका थिए भने छाला रोग विशेषज्ञ डा.सायना अमात्यले स्वस्थ्य छाला कसरी बनाउने भन्ने विषयमा जानकारी गराएकी थिइन् । त्यस्तै दमकमा रहेको पूर्वाञ्चलकै चर्चित मोडन व्युटिपार्लरमा गई व्युटिसियन सरस्वती सुब्बाबाट व्यक्तिगत सरसफाई र सौन्दर्यताका विषयमा वालवालिकाहरुले जानकारी लिएका थिए ।
त्यस्तै मिडिया क्षेत्रको बारेमा पनि सहभागी वालवालिकालाई आयोजकले नजिकबाट जानकारी दिन पाथिभरा एफएम लगेको थियो । सहभागीलाई स्टेशन भित्र नै लगेर रेडियो प्रशारणका विषयमा विशेष जानकारी गराइएको थियो ।
गएको शनिवार भएको सो जानकारी मूलक भ्रमण विद्यार्थीलाई हरकुरामा जानकारी बटुल्न महत्वपूर्ण भ्रमण भएको कार्यक्रमका संयोजक जेसी सेमन्त पोख्रेलले जानकारी गराए । लिटिल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता ग्ल्यामरस नेपाल तथा बुधबारे जेसिजको आयोजनामा झापाको बुधबारेमा भईरहेको छ । यसको फाइनल आगामी पौष २ गते झापाको बुधबारेमा भव्य तथा सव्य रुपमा हुन गइरहेको जानकारी ग्ल्यामरस नेपालका फाउण्डर प्रेसिडेन्ट आशिम ज्वयल श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया