राष्ट्र असफल हुँदै जानुको कारण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७२, बुधबार ०६:५०

11222627_517295388425371_8266632803063916938_nहब खड्का ।

१. भिजन भएका नेताहरु नभएर ।

२. जनता राम्रो भाषाण गर्ने लाई नेता मान्छन तर राष्ट्र को भिजन भको नभको बुज्दैनन ।
३. लोभि अनी स्वार्थी समाज जो भोको पेट को साहारा खोज्छन तर रास्ट्र्को चिन्ता लिदैनन ।
४. चिन्तित जनता तर राष्ट्र लाई पर्दा अगाडि सर्दैनन ।
५. बिकास र सम्रिद्दी को नियम बिहिन सरकारी परिकल्पना ।
६. बिउरोक्राट्स र ऊच्चपदस्त अधिकारि हरु “बिकास योजना “, लगानी पूर्वधार निर्माण “, डोमेस्टिक उत्पादान प्रबर्दन , ब्यापार घाटा निउनिकरन, रोजगारी को आन्तरिक ब्यबस्थापना र सम्पूर्ण उधोग कलकारखाना को उचित सुरक्षा र अनुगमन मा कत्ती पनि ध्यान दिएका छैन । उनीहरु मन्त्री लाइ सिकाउदै मा बेस्त छन । पद प्रोमोसन र भस्ट्रचार मै बेस्त छन ।

७. नेपाली ब्यबसाहीहरु तिब्र रुप्मा बिदेश पलायन भएका छन । अबैधानिक रुप्मा खरबौ पैसा बिदेश मा लगानी भएका छन एस्ले बेरोजारी त बढाएकै छ आर्थिक मन्दी पनि नानीम्त्याउला भन्न सकिन्न ।

८. लगानी गर्न तयार ” बैदेसिक मल्टिनेसनल कम्पनी ” हरुलाई कमिसनखोर सिस्टम र अनाबस्यक लामो प्रोसेसले फर्काएको छ । गैर नेपाली ब्यबसाहीहरु लगानी गर्न चाहन्छन तर आन्तरिक ब्यबसायिक सुरक्षा मिलाउन सकेको छन ।

९. ठुला संगै, लाखौं साना तथा माझौला उधोग हामी नेपाली आँफै खोल्न सक्ने अवस्था मा छौ तर राज्य द्वारा उचित ब्यबस्थापन को खाचो छ हुन सकेको छैन १०. ठुलो परियोजना जलबिद्युत , बिभिन्न धातुका खानि हरु , कृषि उधोग र जडिबुटी को ब्यबसयिक लगानी राज्य तह बाट गर्न सकेको छैन जुन सम्भब छ । राज्य ले चाहे आबसेक बैदेसिक लगानी एउटै निर्णय बाट आउन सक्छ जती चाह्यो तेती आउन सक्छ तर ईछ्या शक्ति नेताहरुमा देखिएको छैन ।
११. सम्पूर्ण बिकास, निर्माण र तत्काल आबसेक नपर्ने बिकास को लगानी लाई जलबिद्युत, कृषि , पर्यटन मा राज्य ले कम्ती मा ५ बर्ष ध्यान जावोस यो राष्ट्र सम्रिद्द बन्ने छ । बिगत १५ २० बर्ष देखी नै राष्ट्र ठप्प छ बिकास मा । अब अर्को ५ बर्ष को सम्पूर्ण बजेट आन्तरिक ठुला उधोग लगानी मा ध्यान दिने हो भने अब को १५ बर्ष मा नेपाल मा बेरोजगारिको अन्त्य हुने छ । खाडी र बिदेश नोकरी गर्न जाने पर्था को अन्त्य हुनेछ ।

१२. तर हाम्रा अंक गडितिय नेताहरु मा राष्ट्रलाई सम्रिद्द बनाउने , ठुलो उधोग कल कारखना सन्चालन, पर्यटन प्रबर्दन , कृषि उधोग , बेरोज्गारी समस्या को चिन्ता छैन , मात्रै मैले जितेको जिल्ला मा ” पुल किन बनेन ?”, झोलुङे पुल , बर्खा मा भल्बाडी आउन सुरुभएपछी तारबार गर्न मै बेस्त चन । चिन्ता झोलुङे पुल को छ अरु ले पहाड नै छेडेर सुरुङ मार्ग बनाइसके ।
१३. अचेत अनी बेइमान हामी जनता जो सही र गलत ठम्याउन सक्दैनौ । हामी आफुलाई बुद्दिमान , जिम्मेबार ठान्छौ तर योगदान गर्न सक्दैनौ ।

१४. लौन अब पोलोटिकल सिनारिओ चेन्ज गर्नु पर्‍यो , हामी युबा अगाडि बड्नु पर्‍यो , हामीले राजनीति र राष्ट्र सन्चालन को बाग्डोर सम्हाल्न पर्‍यो भन्दा अत्तालिन्छौ । एकजुट हुन त सक्दैनौ नै बरु असहयोग गर्न थालछौ अनी कहाँ बन्छ राष्ट्र सफल ।

१७. असफल भईसकेको राज्य ब्यबस्था र राजनीतिक प्रनाली हामी सचेत, जागरुक, जिम्मेबार र कर्मठ् युबा हरु को काध मा आएर थोपरिएको छ तर हामीले हिम्मत गर्न सकेका छैनौ ।

अनी कहाँ बन्छ राष्ट्र सफल अनी सम्रिद्द ? बेकार को गन्थन भन्दा गहिरो चिन्तन को आबसेक्ता छ । ‪#‎सफलराष्ट्र‬ ‪#‎राजनीति‬ ‪#‎जनता‬ ‪#‎नेपाल‬

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१