‘दिस इज फर सिरिया’ भन्दै लण्डन मेट्रोमा हमला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० मंसिर २०७२, आईतवार ११:०६

hamalaएजेन्सी । वेलायतको राजधानी लण्डनमा एक व्यक्तिले मेट्रोमा चक्कुले आक्रमण गरि तीन जना व्यक्तिलाई घाइते बनाएका छन् ।

मेट्रोमा एक्कासी ती व्यक्तिले चक्कु निकालेर आक्रमण गरेका हुन् । ती व्यक्तिले पहिला एक जनाको घाँटी रेटेर ढलाएका थिए भने बाँकी दुई जनालाई आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीले बताए अनुसार ती व्यक्तिले आक्रमण गर्दा दिस इज फर सिरिया भन्ने नारा लगाएका थिए ।

पुलिसले ती व्यक्तिले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

गत सातामात्रै वेलायतको माथिल्लो सदनले आतंकी संगठन आइएस माथि हमला गर्ने प्रस्तावलाई पारित गरको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१