नुवाकोट, ३१ जेठ । एसएलसी परिक्षामा फेल भएपछि नुवाकोट जिलिङकी एक छात्राले आत्महत्या गरेकी छिन् ।
जिलिङ गाविस वडा नं ३ दाहालडाँडाकी संगीना दाहालले एसएलसी फेल भएपछि आत्महत्या गरेकी हुन् ।
देविघाटको रणभुवनेश्वरी उच्चमाविकी छात्रा दाहालले शनिबार विहान विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घर नजिकै बाख्रा गोठालो गएको बेला उनले विष खाएकी प्रहरीको भनाइ छ । शुक्रबार सार्वजनिक भएको नतिजामा उनी तीन विषय लागेर फेल भएकि थिइन् ।
प्रतिक्रिया