रिहाद मर्रेजको ह्याट्रिकमा स्वान्सी सिटीलाई ३(०ले पराजित गरेपछि लेइसेस्टर सिटी पुनस् इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार भएको खेलको पाँचौं मिनेटमा पहिलो गोल गरेका मर्रेजले २२औं र ६७ औं मिनेटमा गोल थपेका थिए।
यसअघि शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटी भने स्टोक सिटीसँग २(०ले पराजित हुँदै तेस्रो स्थानमा झरेको छ। स्टोक सिटी अंक तालिकाको १०औं स्थानमा छ।
वेष्ट ह्यामसँग गोल रहित बराबरीमा रोकिएको म्यान्चेष्टर युनाइटेड चौथो स्थानमा छ। तर सन्डरल्याण्डमाथि ३(१को जित दर्ता गरेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ।
१५ खेल खेल्दा लेइसेस्टर सिटीले ३८ अंक जोडेको छ। समान १५ खेला आर्सनलले ३० तथा दुई म्यान्चेष्टरले २९(२९ अंक जोडेका छन्। म्यानच्ष्टर सिटी गोल अन्तरमा अघि रहेको छ।
प्रतिक्रिया