कुन संस्था आधिकारिक आजको कार्यक्रमले देखाउँछ: महत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ मंसिर २०७२, शनिबार ०७:४२

deepak mahatकाठमाडौं । नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट–नेपाल)का अध्यक्ष दीपक महतले समानान्तर संस्था नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ समुद्घाटनको पूर्व सन्ध्यामा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
अध्यक्ष महतले आधिकारिक संस्थाको विषयलाई लिएर आज कै कार्यक्रमले कुन संस्था आधिकारिक रहेछ भन्ने देखाउने बताए ।  शनिवार नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको समुद्घाटन पार्टीका सभापति सुशील कोइरालाले गर्ने भन्ने कार्यक्रम तय भइरहँदा कोइराला कुनैपनि हालतमा कार्यक्रम उद्घाटन गर्न नजाने भन्दै अध्यक्ष महतले आधिकारिकताको पुष्ट्याईं त्यहीबाट हुने ठोकुवा गरे । उनले भने– ‘आजको कार्यक्रम उद्घाटन पार्टी सभापति कोइरालाले गरे भने उनीहरु आधिकारिक, गरेनन् भने हामी आधिकारिक ।’ त्यसो भए सुशील कोइरालादेखि अन्य बरिष्ठ नेताहरुलाई कार्यक्रममा नआउने अवस्था तपाईंहरुले बनाउनु भएको हो ? भन्ने  जिज्ञासामा अध्यक्ष महतले आफूहरुले त्यसो नगरेको भन्दै सभापति कोइरालाले स्वविवेक प्रयोग गरि निर्णय गरेको प्रतिकृया दिए । आजको उद्घाटन कार्यक्रममा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौला पनि उपस्थित नहुने महतको दाबी छ ।
आज हुने कार्यक्रममा निट नेपालका कुनैपनि सदस्य सहभागी नहुने महतको भनाइ छ । निट नेपालले आधिकारिक रुपमै आफ्ना सबै सदस्यहरुलाई कार्यक्रममा सहभागि नहुन आह्वान समेत गरेको छ । एक अर्को प्रसंगमा महतले निट नेपाल हुँदाहुँदै साथीहरुले अर्को संस्था खोली ठूलो भूल गरेको भन्दै कमिकमजोरी भए सच्याएर जान सक्ने समेत बताए । महत भन्छन्– ‘आफूहरुपनि कांग्रेसकै नीति र सिद्धान्तमा रहेको भन्दै कसैले ठूलो स्वरमा आधिकारिक भन्दा मै ऊ आधिकारिक हुने र कोही नबोल्दा मै ऊ आधिकारिक नहुने भन्ने होइन ।’
यसैबीच, नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पर्यटन विभागका प्रमुख किशोरसिंह राठौरले टान निर्वाचनमा कांग्रेसकै जिम्मेवार पदाधिकारीहरु पैसामा विक्दा हार व्यहोर्नु परेको भन्ने भनाइको पनि अध्यक्ष महतले खण्डन गरेका छन् । उनले आरोप लगाउनेलाई रोक्न/छेक्न नसक्ने भन्दै आरोपलाई प्रमाणित गरेर देखाउन समेत चुनौति दिएका छन् ।पर्यटन न्युज बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१