फिफा अध्यक्षमा नेपालले खालिफालाई सघाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ मंसिर २०७२, शुक्रबार ०६:३३

piphaअखिल नेपाल फुटबल संघ एन्फाले फिफा अध्यक्षमा उम्मेदवारी दिएका एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खालिफालाई समर्थन गर्ने भएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बसेको एन्फा केन्द्रीय बैठकले फिफा निर्वाचनमा एएफसीका अध्यक्ष खालिफालाई सर्मथन गर्ने निर्णय गरेको हो।

आगामी बर्षको फेब्रुअरीमा स्वीट्जरल्याण्डको ज्युरिचमा अध्यक्षको चुनाव हुदैछ । बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताका लागि आवश्यक तयारी गर्ने निर्णय समेत गरेको छ। त्यस्तै, बैशाख १२ गते गएको भूकम्पका कारण रोकिएको एएफसी अण्डर फोर्टिन महिला फुटबल प्रतियोगिताको फाइनल खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

फाइनल खेल अन्तर्गत पुस ५ गते नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन्। गणेश थापा निलम्बनमा परेपछि एन्फा सम्हालेका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको यो पहिलो बैठक हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१