बलिउड अभिनेत्री जो विवाह अगावै गर्भवती भए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ मंसिर २०७२, शुक्रबार ०६:३०

sakiraसारिका

साउथका हिट स्टार कमल हसन आफ्नी पत्नी वानिसँग अलग भएपछि प्रेमिका रहेकी अभिनेत्री सारिकासँग बस्न थालेका थिए। केहि समयपछि सारिका गर्भवती भएको खबर बाहिरियो। १९८६मा  छोरी श्रृति हसनको जन्म भयो। सन् ९१ मा अर्की छोरी अक्षराको जन्म भयो। सन् २००४ मा उनीहरुको डिभोर्स भयो।

कोणकोणा सेन

कोणकोणा सेनले ‘आजा नचले’का सहकर्मी कलाकार रणविर शौरीसँग सन् २०१०मा विवाह गरिन् जसको केहि महिनामा उनले छोरा हारूनलाई जन्माइन्। खासमा कोणकोणा गर्भवती भएपछि हतारमा विवाह गरेकी थिइन्। यसै वर्ष उनीहरु एकअर्कासँग छुट्टिए। यसरी उनीबाहेक बलिउडमा विवाह अगाडी गर्भवती हुने महिला कलाकारहरुको उल्लेख्य संख्या रहेको छ।

श्रीदेवी:

श्रीदेवी बलिउडकी त्यस्ती अभिनेत्री हुन् जसले आफू गर्भवती भएको कुरा आफैले मिडियामा घोषणा गरिन्। उनको अफेयर फिल्म निर्माता बोनी कपुरसँग थियो।श्रीदेवी गर्भवती हुँदा बोनी विवाहित थिए। उनले आफ्नी पत्नी मोना कपुरसँग सम्बन्धविछ्छेद गरेर सन् १९९६ मा श्रीदेवीसँग विहे गरे जसको केहि महिनापछि उनले जेठी छोरी जाह्नवीलाई जन्म दिइन्।

महिमा चौधरी

बलिउड अभिनेत्री महिमा चौधरीले जत्ति चाँडो विहे गरिन त्यति नै चाँडो उनी गर्भवती भएको खबर बाहिरियो। महिमाले बिहे गरेको केही महिनामा नै छोरी जन्माएकी थिइन्।

अमृता अरोडा
मलाइका अरोडा खानकी बहिनी अमृता अरोडाले अचानक बिहे गरेर धेरैलाई आश्चर्यचकित पारिदिइन्। पछि धेरैले त्यसको कारण थाहा पाए। उनी विवाहपहिले नै गर्भवती भएकी रहिछन्। विहे गरेको केहि समयपछि छोरा जन्माएपछि अचानक विहे गर्नुको रहस्य खुल्यो।

सेलिना जेटली

बलिउड अभिनेत्री सेलिना जेटलीले सन् २०११ मा आफ्नो ब्वाइफ्रेन्ड पिटर हेगसँग विवाह गरिन र सन् २०१२मा जुम्ल्याहा छोरा पाइन्। उनले पनि गर्भवती भएको थाहा पाएपछि तुरुन्त विहे गरेको बताइन्छ।

नीना गुप्ता

अभिनेत्री निना र क्रिकेटर विवियन रिचर्डको अफेयर चर्चामा रह्यो। त्यस्तैमा निना गर्भवती भएको खबरले सबैलाई आश्चर्यमा पार्‍यो। त्यसको केहि समयपछी उनले छोरी मसाबालाई जन्म दिइन् तर उनको विवियनसँग विहे भने भएन्। setopati

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१