भारतीय दूतावास अगाडिबाट २६ मानवअधिकारकर्मी पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ मंसिर २०७२, बिहीबार १७:५८

krishna-pahadi-1काठमाडौँ,१७ मङ्सिर   । नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा बिहान ११ बजेदेखि धर्नामा बसेका २६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरिएको समाजका सभापति गङ्गाप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा सभापति अधिकारीसहित संस्थापक सभापति कृष्ण पहाडी, अधिकारकर्मी रेणुका पौडेल, कृष्ण कँडेल, प्रताप पौडेल, उत्तम पुडासैनी, पुष्पा केसी, रत्नलक्ष्मी श्रेष्ठ, बटुकृष्ण ढुङ्गेल, रेणुका काउचा, जानुका पन्तलगायत छन् ।

समाजले विश्व मानवअधिकार दिवसका अवसरमा मङ्गलबारदेखि १० दिने विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नाकाबन्दी मानवअधिकारमाथिको कुठाराघात हो भन्ने सन्देश सहित हस्ताक्षर सङ्कलन कार्यलाई तीव्रता दिइएको छ । रासस

– See more at: http://www.nayapage.com/44832#sthash.KfLylKs7.dpuf

प्रतिक्रिया