अमेरिकी दूतावासले कान्तिपुर सहकारीबाट एक करोड रुपैयाँ पेस्की लिएको खुलासा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ मंसिर २०७२, बिहीबार १२:२४

us embassyकाठमाडौं ।  नेपालमा कार्यरत अमेरिकी दूतावासले काठमाडौंको मीनभवन कार्यालय रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट एक करोड रुपैयाँ पेस्की (कर्जा) लिएको खुलासा भएको छ । कान्तिपुर सहकारीको ०६६÷६७ को अडिट रिर्पोटमा उत्तः कुरा उल्लेख गरिएको छ ।

अडिट रिपोर्टको पेस्की तथा धरौटी महलमा युएस एम्बेसी शीर्षकमा एक करोड रुपैयाँ लेखिएको छ । उक्त रकम अमेरिकी दूतावासले पेस्की लिएर तिर्न बाँकी रहेको रकम हो । अमेरिकी दूतावासले पेस्की लिएर तिर्न बाँकी रहेको अडिट रिपोर्ट चार्टड एकाउन्टेन्ट पीके स्वर्णकारले तयार पारेका हुन् । उनले देवकी विजय एण्ड कम्पनी चार्टड एकाउन्टेन्ट्सका तर्फबाट अडिट गरेका थिए ।

उक्त अडिट रिपोर्टमा कान्तिपुर सहकारीका अध्यक्ष सिबी लामा , प्रवन्ध सञ्चालक राजेन्द्र साह, सचिव जोगलाल लामा, कोषाध्यक्ष प्रेमध्वज लामा, सदस्यहरु सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र हर्षजीत लामा तथा लेखा समितिका संयोजक कञ्चन तामाङ, सदस्यहरु हिमालयविक्रम ठकुरी र लेखा अधिकृृत सुभासभक्त मल्लले हस्ताक्षर गरेका छन् ।

लेखापरीक्षण प्रतिवेदनमा लेखा परीक्षक स्वर्णकारले ‘युएस एम्बेसीको नाममा विगत आवमा विना प्रयोजन दिइएको पेस्की एक करोड रुपैयाँ प्रस्तुत वर्षमा पनि असुल हुन बाँकी छ,’ भनेर लेखेका छन् । यसबाट अमेरिकी दूतावासले ०६५ सालमै कान्तिपुर सहकारीबाट एक करोड रुपैयाँ पेस्की लिएको स्पष्ट हुन आएको छ ।

उक्त अडिट रिपोर्टमा युएस एम्बेसीका नाममा एक करोड २१ लाख रुपैयाँ लिनुपर्ने देखिन्छ तर एक वर्ष एक करोड रुपैयाँ मात्र लिन बाँकी रहेको देखिन्छ । तर, उक्त २१ लाख रकम कसरी घट्यो र कसले तिर्यो भन्नेचाहिँ देखिँदैन । त्यसको पछिल्लो वर्ष सबै रकम क्लियर भएको देखिन्छ तर अमेरिकी दूतावासले उक्त रकम तिरेर क्लियर भएको कहीँकतै अडिट रिपोर्टमा देखिँदैन । कान्तिपुर सहकारीको ९६७–०६८ को अडिट रिपोर्टमा पनि अघिल्लो वर्षसम्म अमेरिकी दूतावासले एक करोड रुपैयाँ तिर्न बाँकी देखाएको छ तर त्यस वर्ष बाँकी नरहेको देखाएको छ । आजको आर्थिक दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१