काम गर्दा यौन व्यापार भन्देै दुख दिने ? नाच्न नपाउने भए डान्सबार किन खोल्न दिएको ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ मंसिर २०७२, बिहीबार १०:४६

dance barमसाज पार्लर, डान्स, दोहरी साँझ, क्याविन, मसाजलगायत मनोरञ्जनका क्षेत्रमा कार्यरत महिलाले राज्यले आफ्ना छोराछोरीको गाँस, बास, कपास र शिक्षाको प्रत्याभूति गरिदिएमा आफूहरुले पेसा परिवर्तन गर्ने बताएका छन् । रक्षा नेपालले आयोजना गरेको ‘अनौपचारिक क्षेत्रमा हुने महिला हिंसा’ विषयको अन्तक्र्रिया कार्यक्रममा सहभागी महिलाले वर्तमान समयमा गरिरहेको काममा समाजबाट घृणा मात्र पाएको र प्रहरीले पनि अनावश्यक गाली गर्दै विभिन्न डरधम्की देखाएर पैसा मागी दुःख दिएकाले पेसाको वैकल्पिक बाटो खोजिदिन आग्रह गरेका हुन् ।

डान्समा कार्यरत पार्वती थापाले प्रहरीले यौन पेसा गरेको भन्दै पटक पटक नचाहिने दुःख दिई पैसा माग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “होटल रेस्टुरेन्टमा नगए हामी कहाँ गएर काम गर्ने, छोराछोरी कसरी पाल्ने, नाच्दैमा बेइज्जत हुने भए सरकारले डान्स बार किन खोल्न दिएको छ ” काम गरिरहेको समयमा प्रहरी आई खोजतलास गर्ने, पक्राउ गर्ने र मोटो रकम धरौटी माग गर्ने गरेको गुनासो मसाज पार्लरमा कार्यरत सीता पण्डितले बताउनुभयो । महानगरीय प्रहरी अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्रनाथ खनालले विगतमा जस्तो प्रहरीबाट अनावश्यक दुःख दिने काम नभएको भन्दै प्रहरी सुधारिएको बताउनुभयो । मनोरञ्जनात्मक क्षेत्रमा हुने अमर्यादित कामलाई व्यवस्थित गर्दै यो क्षेत्रलाई मर्यादित बनाइनुपर्ने उहाँको भनाइ छ । रक्षा नेपालका अध्यक्ष मेनका थापाले मनोरञ्जनका पेसामा आबद्ध महिला यौन पेसामा संलग्न नभएको भए पनि उनीहरुलाई त्यही पेसामा संलग्न भएको भनी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गर्नुभयो । रासस

प्रतिक्रिया