एउटा शान्त, शालिन र देशभरीकै पहिचान बोकेको ठाउँ हो लुम्बिनी । तर यही शान्त र शालिन लुम्बिनी धुरुक्क रोएको छ, अशान्त बनेको छ, आहारको खोजिमा छट्पटाइरहेको छ । करिव ७५ दिनदेखिको मधेस बन्दले आक्रान्त लुम्बिनी दशैंका लागि ५ दिन खुल्ला रह््यो । तर यो ५ दिनमा केही भक्तजन बाहेक आन्तरिक र वाहिय पर्यटकहरुको आवागमन खासै भएन । आएका केही पर्यटकहरु पनि बासस्थानको अभाले फर्किन बाध्य भए ।
होटलहरु सबैजसो बन्द छन् । २÷४ वटा गेष्टहाउस खुलेको भएपनि सेवा र सुविधा दिन नसक्ने बताउँछन् उनीहरु । ‘बन्द छ, दशैंका लागि खुलेको हो, फेरि भोलिदेखि बन्द गर्न उर्दि दिएका छन्’ लुम्बिनी रिसोर्टका कर्मचारीले भने ‘कसले बन्द गरेको हो, भन्ने हामीलाई थाहा छैन, माथिको आदेश भन्दै बन्द गराउन केही व्यक्तिहरुरु आउँछन् ।’
लुम्बिनी आसपासका सबै क्षेत्रहरु बन्द छन् । ससाना पसलहरु समेत खोल्न नदिएको लुम्बिीनी निवासी सरोज ढकाल बताउँछन् । उनका अनुसार लुम्बिनीको चहलपहल पुरै सून्यतामा झरेको छ । बिगत ७५ दिनदेखि नै यहाँ मानिसहरु आउन छाडेका छन् । दशैंको समयमा केही खुकुलो भएका बेला सार्वजनिक सवारी साधन पनि संचालनमा आएका छन् । तर पूर्णिमापछि पुनह बन्दको उर्दि खेपीरहनु परेको छ । लुम्बिनी आसपासमा पनि मधेस राज्यका नाराहरु लेखिएका छन् ।
प्रतिक्रिया