बालबालिकाको हत्या गर्ने चार आतङ्ककारीलाई झुण्ड्याइयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ मंसिर २०७२, बिहीबार ०८:२६

pakisthanपाकिस्तान।  करिब एकवर्ष अघि पाकिस्तानको उत्तरपश्चिमी सहर पेसावरमा अवस्थित एक विद्यालयमा भएको आमहत्यामा संलग्न चार आतङ्ककारीलाई बुधबार फाँसी दिइएको छ । सैनिक विद्यालयमा भएको सो आक्रमणमा विद्यार्थीसहित १५० व्यक्तिको मृत्यु भएको छ ।

आमहत्यामा उक्त विद्यालयका करिब १३५ जना बालबालिका मारिएका थिए । त्यसमा संलग्नलाई सरकारले पक्राउ गरी कारबाही चलाएाके छ । उक्त हत्याकाण्डमा प्रत्यक्ष संलग्न देखिएका दोषीलाई मृत्युदण्डको सजाय तोकिएको थियो । यसअघि पनि त्यसमा दोषी देखिएका केहीलाई पाकिस्तान सरकारले थुनामा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

विद्यालयमा भएको आमहत्यामा संलग्न आतङ्ककारीहरुलाई फाँसीको सजाय दिइएको यो पहिलो पटक भएको अधिकारीहरुले जानकारी दिएको छ । एपीएस विद्यालयको आमहत्यामा संलग्न कोहात जेलमा रहेका चार आतङ्ककारीलाई बुधबार बिहान झुण्ड्याइएको पेसावरका सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

कोहात जेलका प्रहरी अधिकारीका अनसुार मउल्भी अब्दुस सलाम, हज्रात अलि, मुजीबुर रहमान र सबिललाई झुण्ड्याइएको हो । आतङ्ककारीहरुको परिवारसँग मङ्गलबार भएको अन्तिम वार्तापछि उनीहरुलाई झुण्ड्याइने पुष्टि गरिएको अधिकारीहरुले जनाएका छन् ।

करिब एकवर्ष अघि डिसेम्बर १६ का दिन तालिवानी बन्दुकधारीले पाकिस्तानी सेनाले सञ्चालन गरेको एक विद्यालयमा गरेको सो आक्रमण देशकै भीषण आक्रमणको रुपमा रहेको थियो । यस आक्रमणमा मारिएकामा धेरैजसो सोही विद्यालयकै बालबालिका रहेका पनि प्राप्त समाचारमा जनाइएको थियो । फाँसीको सजाय दिइसकेपछि ती आतङ्ककारीहरुको शवलाई उनीहरुका परिवारजनलाई बुझाइने प्रहरी अधिकारीले जानकाकारी दिएका छन् ।

एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१