प्रत्येक नागरिकलाई एचआईभी एड्सको नयाँ संक्रमण बारे शिक्षा दिनु आवश्यक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७२, बुधबार २०:१७

12312093_641683049306668_2099849973_n काठमाडौं ।  दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य गरौं भन्ने मूल नाराका साथ २८औं विश्व एड्स दिवस विश्वभर सम्पन्न भएको छ । एड्स दिवसकै अवसर पारेर सकारात्मक विकास सञ्चार केन्द्रले राजधानीमा शिक्षा, शन्देशमूलक तथा चेतनामूलक प्लेकार्ड, पम्लेट, पर्चाका साथ वृहत जनचेतनामूलक सडक ¥याली तथा बहस कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध युवा, विद्यार्थी, शिक्षक, महिला तथा समाजसेवी अभियान्तहरुको सहभागीतामा जोरपाटी चोकदेखि शुरू भएको ¥याली बौद्ध परिसर परिक्रमण गरि कोण सभामा परिणत भएको थियो । कार्यक्रममा युथ एडभोकेसी नेपाल, एडेक नेपाल, अत्तरखेल महिला समाज र सामाजिक दृष्ट्रि नेपालको सहकार्य रहेको थियो । 12333996_641682279306745_141917972_o
शिक्षा, चेतना र स्वास्थ्यलाई ध्यानमा राखेर प्रत्येक वर्ष सञ्चार केन्द्रले जनचेतनामूल कार्यक्रम आयोजना गर्दै आएको र नेपालमा एचआईभी एड्सको नयाँ संक्रमणलाई रोक्न र उपचारलाई प्रभावकारी बनाउन सरकारलाई ध्यानकार्षण गराएको छ ।
उक्त कार्यक्रममा चामुण्डा उच्च मा.वि., समता शिक्षा निकेतन, सांग्रिला पब्लिक स्कूल, छहारी शिक्षा सदन, सेन्टिनिअल उच्च मा.वि.का विद्यार्थी तथा शिक्षकहरूको सहभागिताका साथै स्थानीय संघसंस्थाहरूको पनि उपस्थिति रहेको थियो ।
कोणसभामा बोल्दै सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले प्रत्येक नागरिकलाई एचआईभी एड्सको नयाँ संक्रमण बारे शिक्षा दिनु आवश्यक रहेको बताए । नेपाली समाजमा एचआईभी एड्स रोगको रोकथाम र उपचार व्यवस्थापनमा सरकारी तथा गैरसरकारी निकाय र सरोकारवालालाई महत्वपूर्ण जिम्मेवारी लिनु पर्ने र सबै पक्षलाई सचेत र सजक बन्न आग्रह गरे । 12301618_976582109073404_7722546173564626397_n
स्थानीय निकायमाझ यौन तथा एड्स रोग सम्बन्धी शिक्षा, चेतना , सल्लाह, परामर्शा र प्रभावकारी कार्यक्रम लागू गराउनको निम्त्ति सरकारलाई माग गरे ।
एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह , सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै वृहत्तर रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको लागि बहुपक्षिय संलग्नता र सहभागी बढाउने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया