नाकाबन्दी र आन्दोलनका कारण ३० लाख बालबालिका मृत्युसम्मको जोखिममा : युनिसेफ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७२, बुधबार १३:०९

sdfsdfराष्ट्रसंघीय बालकोष (युनिसेफ) ले भारतीय नाकाबन्दी र मधेसमा जारी आन्दोलनपछि उत्पन्न अभावका कारण ३० लाख बालबालिका मृत्युसम्मको जोखिममा रहेको बताएका छन्।
युनिसेफको नेपाल कार्यालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पपीडित बालबालिका सबैभन्दा ठूलो मारमा परेको उल्लेख गरेको छ।
“अत्याधिक जाडो, कुपोषणको जोखिम, जीवन जोगाउने औषधी र खोपको अभाव एकैचोटी थपिँदा यो जाडोथप घातक हुन सक्छ”, युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकलाई विज्ञप्तिमा उदृत गरिएको छ,“हालै गरेको नेपाल भ्रमणमा मैले धेरै भूकम्प प्रभावितहरुले बिताइरहेको जोखिमपूर्ण दैनिकी देखेको छु। उनीहरुले पर्याप्त खानेकुरा, चीसोबाट जोगिन आवश्यक सामग्री र उचित स्वास्थ्य हेरचाहको अभावमा अहिले नयाँ विपद्भोगिरहेका छन्।”

नाकाबन्दी शब्द प्रयोग नगरिए पनि ुदक्षिणी नाकामा भइरहेको अवरोधु र मधेसमा भइरहो आन्दोलनका कारण इन्धन, खाना, औषधी र खोपको बढ्दो अभावले यो वर्षको जाडो महिनामा लाखौं बालबालिकाले समस्या झेल्नुपर्ने चेतावनी विज्ञप्तिमा छ।१(7)

विज्ञप्तिमा भनिएको छ, ुआगामी दुई महिनामा नेपालमा जन्मिने अनुमान गरिएका एक लाख २५ हजार नवजात शिशुहरु पनि विशेष जोखिममा छन्। इन्धन अभावले देशभरका एम्बुलेन्स सेवाहरु प्रभावित भएका छन्। यसलेअस्पताल र स्वास्थ्य संस्थाहरुमा हुने सुत्केरीको संख्या घटाएको छ। न्यानो बनाउनका लागि आवश्यक इन्धनको अभावले आफ्नो शरीरको तापक्रम नियन्त्रण गर्न पूर्ण रुपमा सक्षम नभएका नवजात शिशुहरु जाडोले अत्याधिक प्रभावित हुनेर मृत्यु समेत हुन सक्ने जोखिममा छन्। setopati बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१