गाउँलेको मञ्चमा नायिका प्रियंका, हास्यकलाकार दिपक÷दीपाको बेजोड प्रस्तुति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७२, बुधबार १०:५६

11249552_898040180233610_7273988649699047775_nकाठमाडौं । गाउँले इन्टरटेनमेन्ट प्रालिले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजना गर्न लागेको मनोरञ्जनात्मक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सोलुखुम्बु मनोरञ्जनात्मक साँझ २०७२ नाम दिइएको उक्त कार्यक्रम गाउँलेले यही मंसिर १८ गते शुक्रबार साढे १ बजेदेखि सल्लेरीस्थित नयाँ बजारमा सञ्चालन गर्न लागेको हो ।
गाउँलेका सिइओ बलबहादुर खालिङकाअनुसार उक्त कार्यक्रममा चर्चित हास्य कलाकार जोडी दिपकराज गिरी र दिपाश्री निरौला तथा हट नायिका प्रियंका कार्की, गायिका उर्मिला खालिङ, मेलिना राई, सरस्वती लामा तथा गायक मिंमा शेर्पालगायतका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।
त्यसको अलावा अन्य स्थानीय कलाकारहरुकोसमेत प्रस्तुति रहने कार्यक्रम रहेको जनाइएको छ । याङजोम शेर्पा कार्यक्रम प्रस्तोताको रुपमा रहनेछिन् ।
कार्यक्रममा सल्लेरीको अलावा विभिन्न गाउँबाटसमेत आउने आयोजकले जनाएको छ । सयौंको संख्यामा कार्यक्रममा सहभागि हुने अपेक्षा गरिएको छ । कार्यक्रम प्रवेश शुल्कबापत रु ५ सय राखिएको छ । सो मुल्यबराबरको टिकट खरिद गरेपछि खरिदकर्ताले एउटा छिन्ताओ क्यान वियर निशुल्क प्राप्त गर्नेछ ।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा छिन्ताओ वियर रहेको छ भने विभिन्न कम्पनीहरुकोसमेत प्रत्यक्ष अप्रत्यक्ष सहयोग रहेको छ । शिखरपोष्ट डट कमलगायत विभिन्न स्थानीय पत्रिका तथा एफएमहरु उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१